संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गरिदिन माग गर्दै रविको निवेदन

महान्यायधिवक्ताको कार्यालयले रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन गृहकार्य अगाडि बढाएको छ ।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनमा आधारमा महान्यायधिवक्ताको कार्यालयले उनको मुद्धा फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो ।

बिज्ञापन

रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् ।रविले दिएको निवेदनको आधारमा सहकारी ठगीको अभियोग कायमै राखेर बाँकी दुई मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाइएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ ।

ठगीको अभियोग कायमै रहँदा सांसदको रूपमा काम गर्न नरोकिने तर सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि सांसद पद स्वतः निलम्बन हुने भएपछि रविको दुई मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयले गृहकार्य शुरू गरेको हो।

बिज्ञापन

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका र धरौटीको विशेष सुविधाअन्तर्गत पुस पहिलो साता जेलमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई ‘उम्काउने’ खेलअन्तर्गत अभियोगपत्र सच्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले अहिले लामिछानेको निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ । तर, मुद्दा फिर्ता गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

स्मरणीय छ कि,प्रथम महिला महान्यायधिवक्ता बनेर रेकर्ड कायम गरेकी सविता भण्डारीले आफ्नै लगानी रहेको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरलाई डिम्ब तस्करीको मुद्दामा क्लिन चिट दिएर विवादमा तानिएको धेरै भएको छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा संगठित गिरोहले नाबालिग किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब संकलन गरी दम्पतीलाई लाखौँमा बिक्री गरेको खुलासा भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा स्वस्ति शर्मासहित सात जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो । महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा डा स्वस्ति शर्मासमेत उपर बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गत कसुरमा मुद्दा नचलाउने निर्णय गरेर विवादमा तानिएकी छिन् ।

होप फर्टिलिटीमा उनको समेत लगानी छ, जसमा उनकी छोरी डा प्रत्युषा बराल कार्यरत छिन् । त्यसैगरी डा स्वस्ति शर्मा महान्यायाधिवक्ता भण्डारीको पारिवारिक सदस्यसमेत हुन् । स्वस्ति भण्डारीकी सानीआमाकी छोरी हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष