२३ बर्षमा दोश्रो पटक फुट्यो काँग्रेस : विभाजनको मूल कारक देउवा

नेपाली काँग्रेसमा दुई दशक अगाडिको इतिहास दोहोरिएको छ । करिब ८० वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनसँगै फुटेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूलाई पाँच वर्षका लागि निष्कासन गरेसँगै पार्टी विभाजन हुन पुगेको हो । यो नेपाली काँग्रेस पार्टीमा भएको तेस्रो विभाजन हो ।

बिज्ञापन

यस अघि शेरबहादुर देउवाले ०५९ सामा नेपाली काँग्रेस विभाजन गरेका थिए । अहिले उसै गरी २३ बर्ष पछि नेपाली काँग्रेस विभाजन भएको छ । यी दुबै विभाजनको केन्द्रमा काँग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।

बिज्ञापन

२०५९ साल पार्टी विभाजन गरेर देउवाले नेपाली कांग्रेस(प्रजातान्त्रिक) पार्टी गठन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री रहेका देउवाले पार्टीको निर्णय विपरीत संसद् विघटन गरेको भन्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई साधारण सदस्यसमेत नहरने गरी निष्कासन गरेका थिए ।

२३ वर्षको अन्तरालमा उनै देउवाकै कारण नेपाली काँग्रेस विभाजन भएको छ । भदौं २३ र २४ को घटनाक्रम पछि काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको कुरा उठ्दै आएको थियो । सोही बिषय उठाएका थिए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैधानिक तवरले नेतृत्व चाहे ।

बिज्ञापन

नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँचवर्षको लागि कारबाही गरेको छ । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष