नेपाली काँग्रेसमा दुई दशक अगाडिको इतिहास दोहोरिएको छ । करिब ८० वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनसँगै फुटेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूलाई पाँच वर्षका लागि निष्कासन गरेसँगै पार्टी विभाजन हुन पुगेको हो । यो नेपाली काँग्रेस पार्टीमा भएको तेस्रो विभाजन हो ।
बिज्ञापन
यस अघि शेरबहादुर देउवाले ०५९ सामा नेपाली काँग्रेस विभाजन गरेका थिए । अहिले उसै गरी २३ बर्ष पछि नेपाली काँग्रेस विभाजन भएको छ । यी दुबै विभाजनको केन्द्रमा काँग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।
२०५९ साल पार्टी विभाजन गरेर देउवाले नेपाली कांग्रेस(प्रजातान्त्रिक) पार्टी गठन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री रहेका देउवाले पार्टीको निर्णय विपरीत संसद् विघटन गरेको भन्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई साधारण सदस्यसमेत नहरने गरी निष्कासन गरेका थिए ।
२३ वर्षको अन्तरालमा उनै देउवाकै कारण नेपाली काँग्रेस विभाजन भएको छ । भदौं २३ र २४ को घटनाक्रम पछि काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको कुरा उठ्दै आएको थियो । सोही बिषय उठाएका थिए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैधानिक तवरले नेतृत्व चाहे ।
बिज्ञापन
नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँचवर्षको लागि कारबाही गरेको छ । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको छ ।


























