आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही सचिव तथा सहसचिवहरूको सरुवा हुने सम्भावना रहेको छ।
यस अघि गत सोमबार बसेको क्याविनेटले केही प्राविधिक सचिवहरुको सरुवा गरेको थियो । जस अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रविधि हेर्ने सचिव विश्ववावु पुडासैनीलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगेर त्यहाँबाट केशव शर्मा विडारीलाई शिक्षा विज्ञानको प्रविधि हेर्ने गरी सरुवा गरिएको थियो । यस्का अलवा सोही क्याविनेटले केही प्रदेशका सचिवहरुलाई संघीय मन्त्रालयमा ल्याउने निर्णय गरेको भए पनि सो निर्णय अझैं गुपचुप राखिएको छ ।
बिज्ञापन
आजको क्याविनेटबाट केही सचिव तथा सहसचिवहरुको समेत सरुवा हुन सक्ने बताइएको छ । भोलिदेखि निर्वाचन आचारसंहिता लाग्ने हुँदा आज बस्ने मन्त्रिपरिषद्ले सरुवा,बढुवा,नियुक्तिको काम तमाम पार्ने बताइएको छ ।
























