सरकारले दुई आयोगका अध्यक्ष र सदस्यहरुका लागि आवेदन माग गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको हो । समितिको सचिवालयले यी दुई आयोगका अध्यक्ष वा सदस्यको […]

लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको हो। हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव […]

काठमाडौँ- २०५२ साल असोज २७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो। त्यही मन्त्रिपरिषदमा गृहराज्यमन्त्री थिए- दीपक बास्कोटा। पञ्चायतविरुद्ध लाग्दा जेलयात्रासम्म तय गरेका बास्कोटा २०५१ मा पाँचथरबाट चुनाव जितेर आएपछि सिंहदरवारस्थित गृहमन्त्रालयसम्म पुगेका थिए। २०५३ फागुन २९ सम्म सिंहदरवारबाट देशलाई नियालेका उनै बास्कोटा यतिबेला भने राजनीतिमा निष्क्रियप्राय: छन्। आध्यात्मिक यात्रामा जुटेका उनी […]

जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् । बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा […]

एउटा सुब्बाले सिंगो विभागका हाकिमहरुलाई हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर प्रधानमन्त्री कार्यालय मातहतका विभागका एक मामुली सुब्बा तहका कर्मचारीले पटक पटक सरुवा उल्टाएर सोही कार्यालयमा टिकिरहन सफल भएको भेटिएको छ । ती सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई पानीको फोका’ […]

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न नसकिने बताएका छन्। पर्साको जगतपुरमा श्री टैरीमाई क्लबद्वारा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन्। ‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने। ‘नयाँ संस्था खोल्ने […]

५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मंगलबार साँझ चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरु एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए । उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज […]

कार्तिक २० गते बिहान सर्लाही जिल्लाको कार दुर्घटना हुंदा बेपत्ता भएका २ जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन गरिएको छ । ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार ३ जना मध्ये महोत्तरीको गौशाला न.पा.२ बस्ने अन्दाजी बर्ष ३१ […]

काठमाडौं- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। ९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ। रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी त्यहाँस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन् […]

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका स्थित जयठाटीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ करिब ५ बजे को समयमा देउसी भैलो सडकमा नाँचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिंदा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।