नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग । आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंङ हान्नेदेखि अधिकृतहरुले आफ्नै छोरीलाई उत्तरपुस्तिकामा सबै उत्तर सी लेख्न लगाएर पास गराउनेसम्मका गतिविधिका कारण लोकसेवा आयोगको गरिमा ओरालो लाग्ने स्थिति बनेको […]

लोकसेवा आयोगले अधिकृत तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७२४७/ ०८०- ८१ (खुला) तर्फ नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूहतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार,खुला तीन,महिला २,आदिवासी जनजाती १,मधेसी एक गरी एकमुष्ठ सात अधिकृतहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको लोकसेवा आयोगले […]

तत्कालीन सचिव सूर्य गौतम,पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाको पथ पच्छयाउदै आफ्नै छोरीको उत्तरपुस्तिका सच्याउने काम गरेर विवादमा तानिएका लोकसेवा आयोगका तत्कालीन अधिकृत मिमबहादुर शाही विशेष अदालतबाट भ्रष्टचारी ठहर भएका छन् । शाहीले नेपाल वायुसेवा निगम (खुला, समावेशी) सहायक चौथो (खरिदार) पदका लागि लोकसेवाले लिएको लिखित परीक्षामा सहभागी आफ्नी छोरीको उत्तरपुस्तिका सच्याएर उत्तीर्ण गराउन खोज्नेसँगै उनी […]

कहिँ नभएको जात्रा रामशाह पथमा । लोकसेवा तयारी कक्षा चलाउनका लागि इस्ट्रिच्यूडहरु छन् । तर सर्वाेच्च अदालत परिसरभित्रै लोकसेवा तयारी कक्षा चलाइएसँगै अहिले तिव्र विरोध शुरु भएको छ । यस्तो कक्षा शुरु गरेको हो,एमाले निकट निजामती कर्मचारी संगठन,सर्वाेच्च अदालतले । संगठनले न्यायालयको सर्वोच्च थलोमा मोटो रकम असुलेर कोचिङ कक्षा शुरु गरिएपछि चर्को विरोध भएको छ । […]

झण्डै पाँच महिना पछि मधेश प्रदेश लोक सेवा आयोगले अध्यक्ष पाएको छ । एक अध्यक्ष र दुई सदस्यसहित तीन पदाधिकारी रहने प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष अध्यक्ष सुरेन्द्र प्रसाद यादव ६५ वर्षे उमेर हदका कारण २२ फागुनमा अवकाशमा गए सँगै आयोग अध्यक्ष विहिन रहेकोमा हिजोमात्र सो आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । […]

लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । लोकसेवा आयोगले आर्थिक २०८१/ ८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक […]

लोकसेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थामा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो । आर्थिक २०८१र८२ को विज्ञापनदेखि लागु हुने […]

सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । यसको फलामे ढोका मानिने लोकसेवा पार गर्ने कठिन संघर्ष गर्नुपर्दछ । तर,लगन,मेहनतपूर्वक तयारी गरिएको खण्डमा लोकसेवा सजिलै छिचोल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्,शेखर रोकायाले । सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी […]

लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७१८१ ८० ८१ नेपाल कृषि सेवा,ला.पो एण्ड डे.डे समूह (आन्तरिक प्रतिष्प्रर्धा) थतर्फ उपसचिवको परीक्षा लिइएकोमा सो को नतिजा सार्वजनिक गरेको छ । उक्त सेवाका लागि एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी तीन जनामध्ये सुरज गुरुङलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन […]

  लोकसेवा आयोगले उपसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल न्याय सेवा, न्याय कानून सरकारी वकील समूह, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, सामान्य प्रशासनतर्फ लेखा,राजश्व समूह नेपाल लेखापरीक्षण सेवा समूहको अन्तिम नतिजा सार्वजनिक गरेको हो । उपसचिव_खुला_सिफारिश_सूचना

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।