खेताला उमेद्धार अगाडि सार्नेदेखि चिट चोर्नेसम्मका परीक्षार्थी ! त्यसमा पनि सबैभन्दा बढी अनुशासनमा रहने मानिएको सुरक्षा संगठनतर्फको परीक्षामा यस्तो बदमासी र लापरवाही देखिएको छ, लोकसेवाको परीक्षामा । आयोगले ०७३/७४ देखि सुरक्षा निकायको विज्ञापन गर्दै आएको छ । जसमा पछिल्लो पटकमात्र सुरक्षा संगठनतर्फका ३६ परीक्षार्थी अनियमिततामा डामिएर कारवाहीमा परेका छन् । अघिल्लो आर्थिक बर्ष लोकसेवाले सञ्चालन गरेको परीक्षामा सहभागी भएका उमेद्धारमध्ये निजामती सेवातर्फ ३ महिला र २ पुरुष गरी ५ जना,सङ्गठीत संस्थातर्फ २ महिला र ८ पुरुष गरी १० परीक्षार्थी कारवाहीमा पर्दा सुरक्षा निकायतर्फ ३६ फन्दामा परेका हुन ।
बिज्ञापन
आयोगका अनुसार खेताला लगाएर परीक्षा दिनेमा सबैभन्दा बढी नेपाल प्रहरीतर्फका १७ जना रहेका छन् । यस्तै, प्रश्नपत्र च्यात्ने १ र उत्तर पुस्तिका बोकेर घर जाने ८,इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने ३ गरी २९ जनाले एक देखि तीन बर्षसम्म परीक्षा दिन नपाउने भएका छन् । उता, नेपाली सेनातर्फका अमर्यादित गतिविधि गर्ने ७ फन्दामा परेका छन् । इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने १ महिला र २ पुरुष गरी ३,चिट चोर्ने १ र उत्तर पुस्तिका च्यात्ने ३ परीक्षार्थीहरु १ देखि ३ बर्षसम्म परीक्षा दिन नपाउने गरी कारवाहीमा परेका हुन । यसरी परीक्षामा अनियमित कार्य गर्नेमा ४४ पुरुषसहित ५१ जना रहेका छन् । कारवाहीमा परेकामध्ये १० को परीक्षा रद्ध,१ बर्षसम्म परीक्षामा सामेल हुन नपाउने गरी कारवाहीमा परेका ७,२ बर्षसम्म परीक्षामा सहभागी हुन नपाउने ८ र तीन बर्षसम्म लोकसेवा भीड्न नपाउने गरी कारवाहीमा पर्नेको संख्या १६ जना रहेका छन् ।
बिज्ञापन
यता निजामतीमा पछिल्लो समय जुम्लाले प्रभुत्व जमाएको छ । अघिल्लो आर्थिक बर्षमा लोक सेवा भिडेर स्थायी नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस भएका छन् । सिफारिस भएका उम्मेदवारहरूमध्ये ९ सय २ जना महिला र १ हजार ६ सय ९० जना पुरुष रहेका छन् । यस अघिको रेकर्ड भत्काउँदै गत बर्ष जुम्ला जिल्लाबाट १ सय १५ जना सरकारी जागिरे बनेका छन् । यस अघि लोकसेवा भिडेर नाम निकाल्नमा स्याङ्जा, गुल्मी,पाल्पा,अर्घाखाँची अग्रपक्तिंमा आउथें । ती जिल्लालाई यस पटक हिमाली जिल्ला जुम्लाले टपेको छ । प्रतिवेदन अनुसार,सिफारिस भएका उमेद्धारमध्ये बुवा आमा कृषि पेशामा आश्रित रहेका ६७ दशमलव १६ प्रतिशत अर्थात १७४१ कृषकका छोराछोरी गत बर्ष सरकारी सेवामा प्रवेश गरेका छन् । बुवा आमा सरकारी सेवामै भएका अभिभावकका १७ दशमलव शून्य १ प्रतिशतले उनीहरुकै पथ पच्छाएका छन् ।
अर्थात गत बर्ष सरकारी जागिरे बनेकामध्ये ४४१ का अभिभावक सरकारी सेवामै रहेका छन् । सिफारिस भएकामध्ये ८ दशमलव ९९ प्रतिशत अर्थात २३३ व्यापारीका सन्तान रहेका छन् । श्रमिकका ७७,शिक्षण पेशा अवलम्बन गर्न अभिभावकका ६० र २२ जना व्यवसायीका सन्तान सरकारी सेवामा प्रवेश गरेका छन् । आयोगका अनुसार,गत बर्ष सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट जिल्लाबाट र सबैभन्दा न्यून मनाङ, मुस्ताङ, रसुवा, रुकुम पुर्व र डोल्पा जिल्लाबाट कुल २ हजार १ सय ८२ अर्थात् कुल दरखास्तको ०.४७ प्रतिशतमात्र दरखास्त परेको प्रतिवेदनमा उल्लेख छ ।
बिज्ञापन


























