पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

खेताला उमेद्धार अगाडि सार्नेदेखि चिट चोर्नेसम्मका परीक्षार्थी ! त्यसमा पनि सबैभन्दा बढी अनुशासनमा रहने मानिएको सुरक्षा संगठनतर्फको परीक्षामा यस्तो बदमासी र लापरवाही देखिएको छ, लोकसेवाको परीक्षामा । आयोगले ०७३/७४ देखि सुरक्षा निकायको विज्ञापन गर्दै आएको छ । जसमा पछिल्लो पटकमात्र सुरक्षा संगठनतर्फका ३६ परीक्षार्थी अनियमिततामा डामिएर कारवाहीमा परेका छन् । अघिल्लो आर्थिक बर्ष लोकसेवाले सञ्चालन गरेको परीक्षामा सहभागी भएका उमेद्धारमध्ये निजामती सेवातर्फ ३ महिला र २ पुरुष गरी ५ जना,सङ्गठीत संस्थातर्फ २ महिला र ८ पुरुष गरी १० परीक्षार्थी कारवाहीमा पर्दा सुरक्षा निकायतर्फ ३६ फन्दामा परेका हुन ।

बिज्ञापन

आयोगका अनुसार खेताला लगाएर परीक्षा दिनेमा सबैभन्दा बढी नेपाल प्रहरीतर्फका १७ जना रहेका छन् । यस्तै, प्रश्नपत्र च्यात्ने १ र उत्तर पुस्तिका बोकेर घर जाने ८,इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने ३ गरी २९ जनाले एक देखि तीन बर्षसम्म परीक्षा दिन नपाउने भएका छन् । उता, नेपाली सेनातर्फका अमर्यादित गतिविधि गर्ने ७ फन्दामा परेका छन् । इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने १ महिला र २ पुरुष गरी ३,चिट चोर्ने १ र उत्तर पुस्तिका च्यात्ने ३ परीक्षार्थीहरु १ देखि ३ बर्षसम्म परीक्षा दिन नपाउने गरी कारवाहीमा परेका हुन । यसरी परीक्षामा अनियमित कार्य गर्नेमा ४४ पुरुषसहित ५१ जना रहेका छन् । कारवाहीमा परेकामध्ये १० को परीक्षा रद्ध,१ बर्षसम्म परीक्षामा सामेल हुन नपाउने गरी कारवाहीमा परेका ७,२ बर्षसम्म परीक्षामा सहभागी हुन नपाउने ८ र तीन बर्षसम्म लोकसेवा भीड्न नपाउने गरी कारवाहीमा पर्नेको संख्या १६ जना रहेका छन् ।

बिज्ञापन

यता निजामतीमा पछिल्लो समय जुम्लाले प्रभुत्व जमाएको छ । अघिल्लो आर्थिक बर्षमा लोक सेवा भिडेर स्थायी नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस भएका छन् । सिफारिस भएका उम्मेदवारहरूमध्ये ९ सय २ जना महिला र १ हजार ६ सय ९० जना पुरुष रहेका छन् । यस अघिको रेकर्ड भत्काउँदै गत बर्ष जुम्ला जिल्लाबाट १ सय १५ जना सरकारी जागिरे बनेका छन् । यस अघि लोकसेवा भिडेर नाम निकाल्नमा स्याङ्जा, गुल्मी,पाल्पा,अर्घाखाँची अग्रपक्तिंमा आउथें । ती जिल्लालाई यस पटक हिमाली जिल्ला जुम्लाले टपेको छ । प्रतिवेदन अनुसार,सिफारिस भएका उमेद्धारमध्ये बुवा आमा कृषि पेशामा आश्रित रहेका ६७ दशमलव १६ प्रतिशत अर्थात १७४१ कृषकका छोराछोरी गत बर्ष सरकारी सेवामा प्रवेश गरेका छन् । बुवा आमा सरकारी सेवामै भएका अभिभावकका १७ दशमलव शून्य १ प्रतिशतले उनीहरुकै पथ पच्छाएका छन् ।

अर्थात गत बर्ष सरकारी जागिरे बनेकामध्ये ४४१ का अभिभावक सरकारी सेवामै रहेका छन् । सिफारिस भएकामध्ये ८ दशमलव ९९ प्रतिशत अर्थात २३३ व्यापारीका सन्तान रहेका छन् । श्रमिकका ७७,शिक्षण पेशा अवलम्बन गर्न अभिभावकका ६० र २२ जना व्यवसायीका सन्तान सरकारी सेवामा प्रवेश गरेका छन् । आयोगका अनुसार,गत बर्ष सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट जिल्लाबाट र सबैभन्दा न्यून मनाङ, मुस्ताङ, रसुवा, रुकुम पुर्व र डोल्पा जिल्लाबाट कुल २ हजार १ सय ८२ अर्थात् कुल दरखास्तको ०.४७ प्रतिशतमात्र दरखास्त परेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष