संघीयताको जग स्थानीय तह हो। शासकीय व्यवस्थामा उत्पादन, विपत्त व्यवस्थापन र वित्तरणको केन्द्रको उपमा पाएको स्थानीय तहका हरेक गतिविधिहरुलाई नागरिकहरुले नजिकबाट नियालिरहेका हुन्छन। साथै नागरिक स्थानीय सरकारका सुखदुखका सारथी बन्न चाहन्छन। नागरिक प्रतिको जिम्मेवारी एवं प्रतिवद्धता र आफ्नो कर्मभूमि प्रतिको सपना पुरा गर्न स्थानीय तहका प्रमुखहरुमा समेत दीर्घकालीन सोच, संकल्प र कार्ययोजना हुने गर्दछ। त्यो […]

गुल्मी जिल्लाका ४ स्थानीय तह कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिएका छन् । जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा भोलि फागुन १५ मा सार्वजनिक बिदा दिएका हुन् । चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय […]

संघीय सरकारले संशोधन गर्न लागेको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहका कर्मचारीले २ बुँदे राय सुझाब पेश गरेको छ । संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधनका लागि सुझाव माग गरेकोमा स्थानीय तह कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिले दुई बुँदे सुझाव पठाएको हो । कर्मचारीहरुले दफा ९१ मा रहेको अवकाश कोषको […]

गृह मन्त्रालयले मुलुकभर अतिक्रमित तथा कानून विपरीत भोगचलन भइरहेका सरकारी, सार्वजनिक जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सरकारी, सार्वजनिक जग्गा अतिक्रमण, कब्जा र कानून विपरीत भोगचलन गर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढाउने प्रयोजनको निम्ति विवरण पठाउन निर्देशन दिएको छ । पछिल्लो समय सरकारी, सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपभोग गर्न दिइएका […]

आर्थिक वर्ष २०७९/ ०८० को कार्यसम्पादन मूल्यांकनमा रसुवा जिल्लाका पाँच पालिकामध्ये स्थिति बिजोग देखिएको छ । विभिन्न १७ वटा सूचकमा गरिएको मूल्यांकनमा कुनै पनि पालिकाले ३० प्रतिशत अंक भार समेत कटाएका छैनन् । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा जिल्लाका […]

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गराउन सार्वजनिक सूचना निकालेको छ । आज सूचना प्रकाशित गर्दै महानगरले ललिता निवास क्षेत्रको जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई निर्देशन दिएको हो । विशेष अदालतले फागुन ३ गते गरेको फैसलाबाट बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत ९सरकारी० भएको छ । त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत फिर्ता गर्ने स्थानीइ तहको बजेट रोक्का गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । केन्द्र सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत हाजिरै गर्न नदिने,बीच बाटैबाटो फर्काउने र आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत रोज्ने रोग मौलाउदै गएपछि त्यसलाई कस्नका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संघीय मामिला […]

स्वास्थ्य शाखा प्रमुखलाई निलम्बन गरेको घटना सेलाउन नपाउँदै काठमाडौं महानगरका मेयर वालेन साहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । स्वास्थ्यको काण्ड सेलाउन नपाउँदै […]

स्थानीय तह कर्मचारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । हालैसम्पन्न पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । यस्तै महासचिवमा शम्भु बराल निर्वाचित भएको संघले जनाएको छ । एमाले निकट संघका रुपमा चिनिएको संघको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा सृजना लामिछाने निर्वाचित भए । प्रदेश उपाध्यक्षमा कोशीबाट चन्द्र बहादुर बस्नेत, […]

काठमाडौं महानगरपालिकाले विभिन्न ३४ विधामा ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।महानगरपालिकाले यही २ माघबाट तालिम दिन लागेको जनाइएको छ । महानगरपालिकाका अनुसार तालिम काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा प्रदान गर्न लागिएको हो । साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।