प्रशासन
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक बर्षका कर्मचारीलाई कुनै पनि किसिमको प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतमा भत्ता खर्च नबाढ्न परिपत्र गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/ ८२ को बजेट कार्यान्वयन सम्बन्धी ७३ बुँदे मार्गदर्शन जारी गर्दै यस्तो जानकारी गराएको हो ।परिपत्रमा सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको भत्ता लिन निषेध गरेको छ । उक्त परिपत्रमा […]
‘कस्तुरीले विनाको चाल नपाएझैं’ छ,हाम्रो हाल । एउटा सरकारी निकायले एकै पटक एक दर्जन टेण्डर खोल्छ तर २ वटा ठेक्कामा १० फर्म,एउटा ठेक्कामा एकल र बाँकी ९ वटा ठेक्कामा कुनै फर्मले प्रतिष्प्रर्धा गर्दैनन् । र रि टेण्डर गर्नुपर्ने स्थिति आउँछ । खानी तथा भूगर्भ विभागले अघिल्ला टेण्डर खोल्दा झैं यस पटक पनि उही समस्या झेल्नु […]
लोक सेवा आयोगले चालु आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार सूचना निकालेर विभिन्न सेवा र समूहको पदपूर्तिका लागि कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको हो । आयोगले बर्षौदेखि एउटै कार्यतालिका अनुसार सिट संख्या प्रतिशत निर्धारण, […]
कार्यालयका भित्ता भित्तामा ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने नारा टासेर केही राष्ट्रसेवक कर्मचारीहरु लामो हात गर्दा अख्तियारको निशानामा पर्ने क्रम बढ्दो छ । अघिल्लो आर्थिक बर्षमा निजामती सेवाको सबैभन्दा उच्च पद मुख्यसचिव नै भ्रष्टाचार मुद्धामा डामिए । अन्तशुल्क स्टिकर छपाईमा विचौलियाको […]
संघ सरकारमा समायोजन भएर पुल दरबन्दीमा रहेका नेपाल कृषि सेवातर्फका कर्मचारी आन्दोलन १६ दिन पछि स्थगित भएको छ । विगत ६ वर्षदेखि वृत्ति विकास रोकिएको भन्दै १६ असारदेखि कृषि मन्त्रालयमा आन्दोलन गर्दे आएका कृषिका कर्मचारीहरुलाई नवनियुक्त मन्त्रीले १५ दिनभित्र समस्या सामाधान गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका हुन । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत […]
अनेकन बदमासीमा मुछिएका निर्मल पूर्जालाई ‘सुनपानी छर्किएर चोख्याउन’ एकाथरी सांसद,नेता र प्रशासकहरुको चाहना साकार बनाइदिदैंछन् सचिव गणेश पाण्डेले । शंकरदास बैरागी र बैकुण्ठ अर्यालजस्ता अवसरवादी दुई मुख्यसचिवले च्यापेका बागलुङे गणेश पाण्डेले अनेकन बदनामीमा मुछिएका म्याग्दी निर्मल पूर्जालाई जोगाउन अनेकन छलछाम गरिरहेको भेटिएको छ । गत जेठ १३ गते सगरमाथा आरोहणको क्रममा आफैंले डोरी काटेर सामाजिक […]
चालु आर्थिक बर्षमा एकै पटक १५ सचिवहरु अवकाशमा जाने भएका छन् । निजामती किताबखानाका अनुसार अनुसार, पाँच बर्ष सेवा हद र ५८ बर्ष उमेर हद लागेर १५ सचिवहरु घर जाने भएका हुन । अनिवार्य अवकाश पाउनेको सूचीमा १६ जना भए पनि एक सचिवले अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै राजीनामा दिएका कारण १५ सचिवहरुले […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । मन्त्रालयले सम्पत्ति विवरण बुझाउन ७ बुँदे सूचना मंगलबार जारी गर्दै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सार्वजनिक पदधारण गरेका […]
काठमाडौँ । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।