अवकाशको पाँच महिना पछि सचिवलाई प्रदेश सभामा नियुक्ति

संघीय संसदबाट सेवा हद लागेर अवकाशमा गएका सचिव सुदर्शन खड्काले प्रदेश सभाको सचिवको जिम्मेवारी पाउने भएका छन् । प्रदेश सभाको सचिवमा नियुक्ति गर्ने गरी उनको नाम सिफारिस भएकोमा आजै शपथ गराउने तारतम्य मिलाइएको छ ।

बिज्ञापन

खड्का गत जेठ २९ मा संसद् सेवाका सचिव पदबाट अनिवार्य अवकाशमा गएका थिए । ७७ जेठमा सचिव बढुवा भएका हुन पाँच बर्ष सेवा हद लागेर अवकाशमा गएका थिए । अवकाशको पाँच महिना पछि खड्काको नाम कोशी प्रदेश सभाको सचिवमा सिफारिस भएको हो ।

बिज्ञापन

भक्तपुरको चाँगुनारायणका स्थायी बासिन्दा खड्का ०५१ साल चैतमा शाखा अधिकृतको रूपमा सङ्घीय संसद् सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए ।

एमाले र त्यसमा पनि सभामुख देवराज घिमिरे निकट मानिएका खड्काको नाम सो प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गरेका हुन् । प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।

बिज्ञापन

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि तत्कालीन सचिव गोपालप्रसाद पराजुलीले राजीनामा दिएका थिए । उनको राजीनामापछि रिक्त रहेको स्थानमा खड्काको नाम सिफारिस भएको हो । प्रदेश सभाको सचिवमा नियुक्त भएका खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक गरेका छन् ।

प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर भएर स्वतः पदमुक्त भए पनि सचिव नियुक्त हुन सकेको थिए । पराजुलीलाई केहि समय अगाडि प्रदेशसभाले बिदाइ गरेको थियो । खड्काको आजै शपथग्रहण गराउने कार्यक्रम छ । आज दिउँसो ३ बजे गर्ने तयारी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष