सर्वाेच्च अदालत परिसरभित्रै लोकसेवा तयारी कक्षा चलाएपछि विवाद शुरु भएको छ । यस्तो यस्तो कक्षा शुरु गरेको हो,एमाले निकट निजामती कर्मचारी संगठन,सर्वोच्च अदालतले । संगठनले न्यायालयको सर्वोच्च थलोमा मोटो रकम असुलेर कोचिङ कक्षा शुरु गरेको भन्दै तालाबन्दी गरिएको छ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले आजदेखि सञ्चालन गरेको लोकसेवाको तयारी […]

सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । डा. शंकरप्रसाद शर्मा – भारत,  कान्ता रिजाल –अष्ट्रेलिया, नरेशबिक्रम ढकाल –साउदी अरेबिया, प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका, धनप्रसाद पण्डित – इजरायल, रामकृष्ण भट्टराई – श्रीलंका, सनिल नेपाल […]

गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम हलमा अख्तियारले छापा मारेको छ । अवैधानिक ढङ्गले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै स्थानमा छानबिनकालागि अख्तियारको टोलिले छापा मारेको हो। गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु […]

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्बजनिक गरेका हुन् । मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी […]

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीहरुसँग निवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय निजामती सेवा ऐन २०४९,तथा निजामती सेवा नियमावली २०५० मा रहेको व्यवस्था बमोजिम एक मन्त्रालय,निकाय वा अन्तर्गतको कार्यालय वा विभागबाट अर्काे मन्त्रालय,निकाय वा अन्र्तगतको कार्यालयमा सरुवा हुन इच्छुक निजामती कर्मचारीले १५ दिनभित्र निवेदन दिन भनिएको […]

पूर्व मुख्य सचिव शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । सेटिङमा बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउनकै लागि रातारात कुनै ऐन कानुनले नचिन्ने पद राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरेर जागिर खान गएका शंकरदास बैरागीले १४ महिना नपुग्दै उक्त पदबाट पदबाट राजीनामा दिएका हुन । उनले आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले […]

तत्कालीन सचिव सूर्य गौतम,पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाको पथ पच्छयाउदै आफ्नै छोरीको उत्तरपुस्तिका सच्याउने काम गरेर विवादमा तानिएका लोकसेवा आयोगका तत्कालीन अधिकृत मिमबहादुर शाही विशेष अदालतबाट भ्रष्टचारी ठहर भएका छन् । शाहीले नेपाल वायुसेवा निगम (खुला, समावेशी) सहायक चौथो (खरिदार) पदका लागि लोकसेवाले लिएको लिखित परीक्षामा सहभागी आफ्नी छोरीको उत्तरपुस्तिका सच्याएर उत्तीर्ण गराउन खोज्नेसँगै उनी […]

सोमबार साँझ बसेको क्याविनेटले २१ सचिवको सरुवा हुँदा काँग्रेस मन्त्री भएका कतिपय मन्त्रालयमा एमालेप्रति आस्थावान सचिवहरुलार्ई चलाइएको छैन । काँग्रेस एमाले गठबन्धनको सरकार बनेसँगै पहिलो २१ जना सचिवहरु सरुवामा परे,जस्मा अर्थ,उद्योग,खानेपानी,भौतिक,उर्जा,रक्षा,अख्तियार,सामान्य प्रशासन लगायतका सचिवहरु सरुवा भए । सरुवाको सूची अनुसार हालका राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा, अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । […]

कुनै समयका रत्नाकार डाकु पछि महर्षि वाल्मिकीमात्र बनेनन,रामयणजस्तो कृतिको रचना गरे र जीवन्त रहिरहे । एक समयमा गरेको बदमासीलाई लिएर मान्छेलाइृ जीवनभर दपेट्न त मिल्दैन तर मान्छे आफ्नै इतिहासबाट भाग्न पनि सक्दैन । यस्तै विगतमा बदमासीमा मुछिएर त्यही बदमासीले लखेटिरहने एक जना अधिकृत छन्,अर्थ मन्त्रालयमा । लोकसेवा आयोग केन्द्रीय कार्यालयले प्रशासनतर्फ लेखा समूहको लिखित परीक्षा […]

अन लाईन पत्रिका रातो पाटीको मिति २०८१ साउन १२ गते शनिवारको अंक हेर्दै थिए, सिडियोको डायरी भन्ने शीर्षकमा आखा पर्यो पढ्दै गए, सो डायरी तत्कालीन सिडियोको नाममा लेखिएको भनिए पनि एक जना राजनीतिक चस्मा लगाएका आफूलाई साहित्यकार ठान्ने एकजना लेखकको कलमबाट ती बिचारहरू ब्यक्त भएका रहेछन्। म पनि त्यस्तै बेला त्यस्तै द्वन्द प्रभावित जिल्लामा प्रजिअको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।