हेटौँडामा सडक विस्तार : प्रशासन आक्रामक मोडमा, विशेष टास्कफोर्स सक्रिय

वर्षौंदेखि कागजमै थन्किएको हेटौँडा सडक विस्तार योजना अब व्यवहारिक रूपमा अघि बढ्ने संकेत देखिएको छ। मकवानपुर प्रशासनले सडक विस्तारलाई प्राथमिकता दिएसँगै बुधवार सरोकारवाला निकायहरूको संयुक्त बैठकले विशेष टास्कफोर्स गठन गर्ने निर्णय गरेको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसेको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदी को नेतृत्वमा टास्कफोर्स गठन गर्दै तत्कालै विस्तार कार्य अघि बढाउने निर्णय गरेको हो।

बिज्ञापन

यस टास्कफोर्समा हेटौँडा उपमहानगर, जिल्ला प्रहरी कार्यालय, नापी, खानेपानी बोर्ड, वन कार्यालय, नेपाल विद्युत् तथा दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरू समावेश छन्।

टास्कफोर्सको कार्यालय सडक डिभिजनमै रहनेछ। टोलीले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित स्थानहरूको रेखाङ्कन,रङ लगाउने,माइकिङमार्फत जानकारी दिने,तथा कानुनी कारबाही सुरु गर्ने जस्ता कामका लागि जिम्मेवारी पाएको छ।

बिज्ञापन

बुधवारभन्दा नै टोलीले प्रारम्भिक सूचनात्मक कार्य सुरु गरिसकेको प्रशासनले जनाएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी ले विस्तारको क्रममा विद्युत्, खानेपानी, टेलिफोनजस्ता सेवामा अवरोध नआओस् भन्ने लक्ष्यका साथ सम्बन्धित कार्यालयहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार एडीबीमार्फत आवश्यक बजेट सुनिश्चित भइसकेकाले अब यो योजना रोकिने अवस्था छैन।

हेटौँडालाई बस्न योग्य, व्यवस्थित र सुन्दर सहर बनाउने अभियान हो यो। घरधनीहरूले आफैं संरचना हटाइदिए झनै सहज हुन्छ,” प्रजिअ अधिकारीले बताए।

सडक डिभिजन कार्यालयले गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मका सडक किनारमा मध्य भागबाट दायाँ–बायाँ २५/२५ गज भित्र पर्ने अस्थायी वा स्थायी संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको छ।

सडक विस्तार थालिएसँगै हेटौँडाको मुख्य व्यापारिक क्षेत्रमा पर्ने अतिक्रमित संरचनाहरू हटाइने वातावरण बनेको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष