नक्कली पिएचडी बनाएर पद कब्जा : चारजनामाथि अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भित्रै पिएचडी जालसाजीको काण्ड फुटेसँगै नक्कली शैक्षिक योग्यता प्रयोग गरी पद हातपारेका कर्मचारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

मुद्दाअनुसार क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका तत्कालीन सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले कहिल्यै पिएचडी नगरेको हुँदाहुँदै झूटो प्रमाणपत्र पेश गरी आफूलाई ‘डाक्टर’ बनाइएको दाबीसहित नियुक्ति हात पारेका थिए। अझ लाजमर्दो कुरा—छनोट समितिका सदस्यहरू स्वयंले कागजात हेर्नेसम्म जहमत नलिएर दस्तुर अनुसार प्रमाणित गरिदिएका कारण उनीहरू समेत प्रतिवादी बनेका छन्।

 

बिज्ञापन

प्रसाईंको कागजात ‘प्रमाणित’ गर्ने समितिमा पद्मकन्या लक्ष्मी क्याम्पसकी प्राध्यापक डा. जयालक्ष्मी प्रधान, त्रिवि रसायनशास्त्र विभागका डा. मेघराज पोखरेल र नेपाल विज्ञान तथा विधि प्रज्ञान प्रतिष्ठानका डा. मोतीलाल शर्मा रहेका छन्।

त्रिविको आन्तरिक छानबिनले प्रसाईंको पिएचडी सुरुदेखि नै नक्कली भएको तथ्य बाहिरिएपछि विश्वविद्यालयले उनलाई तत्काल पदबाट हटाएर गोविन्दप्रसाद गुरागाईंलाई नयाँ सहपरीक्षा नियन्त्रक नियुक्त गरिसकेको छ।

 

प्रसाईं हाल डिग्री क्याम्पस विराटनगरका प्राध्यापक हुन्—तर उनीमाथिको नक्कली डिग्री काण्डले त्रिवि व्यवस्थापनको विश्वसनीयतामै ठुलो प्रश्नचिन्ह उब्जाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

बिशेष