मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०८० फागुन ६ गते मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिवसहित १५ […]

पूर्व सचिवसहित तीन जना कर्मचारी भ्रष्टचारी ठहर भएका छन् । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै पूर्व सचिव,तीन कर्मचारी,एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको हो । अख्तियारले मेलम्ची खानेपानी १५ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेकोमा एक सचिवसहित चार कर्मचारी र एक परामर्शदाता र अर्काे एक ठेकेदार […]

नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा.चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए । उनले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्ब […]

सरुवा भएपछि पनि कर्मचारीहरु तोकिएको ठाउँमा नजाने समस्या बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै रमाना नलिएका कर्मचारीको खोजी थालेको छ । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मातहतका अधिकारीहरुलाई रमाना नलिएका सबै कर्मचारीको विवरण तयार गरेर छिटो रमाना लिने वातावरण बनाउन निर्देशन दिएका छन् । आफू अनुकूलको ठाउँमा सरुवा नभएपछि अटेरी गर्दै सरुवा सच्याउन लागेका […]

मन्त्रिपरिषद्को बैठक सोमबार साँझका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।  स्रोतका अनुसार करिब ३० जति सहसचिवहरूको सरुवाबारे छलफल भए पनि एकिन भने भई सकेको छैन ।

स्वास्थ्य सेवा विभाग पछिल्लो समय बदनाम बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक संगीता गौतम मिश्रले विभागको नेतृत्व सम्हालेपछि बदनाम हुन थालेको हो। सवै भन्दा आकर्षक मानिने विभाग हो स्वास्थ्य सेवा विभाग । जसको नेतृत्वमा संगीता गौतम मिश्रले गर्दै आएकी छिन् । महानिर्देशक मिश्र भारतीय मुलुकका हुन् । भारत झारखण्डस्थित राँचीमा जन्मेकी, हुर्केकी र प्रारम्भिकदेखि […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहित आज साँझ भएको छलफलमा […]

सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा कार्यालयको काम छाडेर शेयर कारोबारमा व्यस्त रहेको भेटिएसँगै उक्त कारोवारमा लगाम लगाउने तयारी भएको छ । सिंहदरबारभित्रका कर्मचारी सेवा छाडेर शेयर कारोवारमा झुम्मिन थालेपछि सिंहदरबारभित्रकै केही कर्मचारीहरुले अख्तियारमा बेनामे उजुरी हालेका थिए । उक्त उजुरी पछि अख्तियारले छड्के अनुगमन गर्दा अधिकांश मन्त्रालयका कर्मचारी शेयर कारोवारमा संग्लग्न रहेको भेटिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको तत्कालीन उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले खत्वेका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ लाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । वडा नम्बर ५ स्थित पर्यटन […]

सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको छ । खाजा खाने समय घटाएर आधा घण्टामा झारिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।