गृह मातहत २५० दरबन्दी रिक्त,सामान्यले जथाभावी कर्मचारी चलाउँदा निर्वाचनको मुखमा झनै समस्या

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनलाग्दी ढंगबाट कर्मचारी चलाउँदा गृह प्रशासनमा ठूलो संख्यामा कर्मचारी रिक्त हुन पुगेको छ ।

बिज्ञापन

निर्वाचनको मुखमा गृह प्रशासन र मातहतका जिल्ला प्रशासन कार्यालय,अध्यागमन विभाग,इलाका प्रशासन लगायतका निकायमा झण्डै २४३ कर्मचारी रिक्त हुन पुगेको जनाइएको छ ।

बिज्ञापन

गृह मन्त्रालय स्रोतका अनुसार राजपत्र अनकिंत १८१ र अधिकृतस्तरका मात्र ६२ कर्मचारीको दरबन्दी रिक्त रहेको जनाइएको छ । जसमा खरिदार तहका ९५,नासु ८६ र अधिकृत तहका ६२ दरबन्दी रिक्त अवस्थामा रहेको छ ।
निर्वाचनकै मुखमा पटक पटक गरी कर्मचारीहरु चलाइँदा झण्डै साढे दुई सय कर्मचारी रिक्त हुन पुगेको गृह मन्त्रालयले जनाएको छ । गृहले फागुन २१ को निर्वाचन मुखमा कर्मचारीहरु नचलाउन पटक पटक पत्राचार गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अटेरी गर्दै आएको छ ।

संगठन तथा व्यवस्थापन सर्भेअनुसार देशभर गृह र मातहतका निकायमा कार्यालय सहयोगीदेखि सचिवसम्म ४ हजार ५ सय भन्दा बढी दरबन्दी रहेकोमा झण्डै साढे दुई सय कर्मचारी रिक्त रहेको जनाइएको छ ।

बिज्ञापन

निर्वाचनको मुखमा गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभाव भोग्नुपर्ने स्थिति आएको गृहका कर्मचारीहरु बताउँछन् । कर्मचारी नचलाइन दिन र कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको भए पनि संघीय मामिला तथा सामान्य प्रशासनबाट सुनुवाई नभएको गृहका अधिकारीहरु बताउँछन् ।

तर सो मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा सम्हालिरहेका कालीप्रसाद पराजुलीले भने,सामान्य प्रशासनसँग कुराकानी हुँदा छिट्टै कर्मचारी पठाइने वचनवद्धता व्यक्त भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

रास्वपा नेताले मातेर फोनमै मनपरी

कर्मचारी सुरक्षाबिना सेवा प्रवाह सम्भव छैन : निजामती कर्मचारी संगठन

प्रशासकीय अदालतको आदेश पछि उपसचिव बढुवा सूची संशोधन

बिशेष