अतिरिक्त स्वास्थ्य सचिव पदमा १४ जनाको आवेदन, को–को छन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। उक्त पदका लागि नेपाल स्वास्थ्य सेवाअन्तर्गतका १४ जना वरिष्ठ चिकित्सकहरूले औपचारिक रूपमा आवेदन दर्ता गराएका छन्।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बढुवा समितिले २८ मंसिरदेखि १५ दिनको समयावधि तोकेर आवेदन आह्वान गरेको थियो। तोकिएको म्यादभित्र सबै १४ जनाले आवेदन बुझाएको जानकारी कर्मचारी प्रशासन महाशाखाले दिएको छ।

बिज्ञापन

आवेदन दिनेहरूमा डा. कृष्ण प्रसाद पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोविन्दु शर्मा, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा र डा. युदुचन्द्र घिमिरे रहेका छन्।

त्यस्तै डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल, दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. प्रमोद यादव, डा. अभय पोखरेल र डा. विष्णु प्रसाद शर्मा पनि प्रतिस्पर्धामा छन्।

बिज्ञापन

यसअघि अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छँदै १९ कात्तिकमा राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो। सोही रिक्ततापछि मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको हो।

हाल कर्मचारी प्रशासन महाशाखाले प्राप्त आवेदनहरूको प्रारम्भिक जाँच तथा रुजु प्रक्रिया सुरु गरिसकेको जनाएको छ। आवेदन फारम, कार्यसम्पादन मूल्यांकन (कासमु) र आवश्यक कागजातका आधारमा नम्बर गणना भइरहेको छ।

नियमअनुसार गत असार मसान्तसम्म कम्तीमा पाँच वर्ष सेवा अवधि पूरा गरेका ११औँ तहका कर्मचारीहरू मात्र यस बढुवाका लागि योग्य हुनेछन्। मन्त्रालयका अनुसार प्रक्रिया सबै मापदण्ड पूरा भएपछि अन्तिम सूची सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष