सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ । सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा […]

परिचय प्रभावकारी शासन व्यवस्थाका माध्यमबाट नागरिकको हित अभिवृद्धि गर्ने दिशामा परिलक्षित मूल्य र मान्यता नै सुशासन हो । वित्तीय सुशासन आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो । वित्तीय सुशासन कायम गर्नु सरकारको दायित्वको विषय हो । सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी र जवाफदेही बनाउनु, राज्यको सार्वजनिक खर्च र सार्वजनिक आयको अद्यावधिक स्थितिको लेखांकन तथा प्रतिवेदन प्रणालीलाई नियमित र […]

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त प्रस्ताव स्वीकृत गरेसँगै समस्यामा परेका सयौँ स्वास्थ्यकर्मीको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आठ […]

संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।प्रधानमन्त्री अध्यक्ष हुने सो परिषद्मा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, […]

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का […]

यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएको छ । एक जना चल्तीका व्यवसायीको जोडबलमा यातायात व्यवस्था विभागका पुगेका महानिर्देशक उद्धवप्रसाद रिजाल सरुवा भएका हुन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कामकाजमा […]

सरकारले एकै पटक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गर्दा ५ जना सहसचिवहरु विभिन्न मन्त्रालय,निकायबाट गृहामा प्रवेश पाएका छन् । गृहमा प्रवेश पाउँदा १ जना गृहबाट बाहिरिएका छन् । गृहमा प्रवेश पाउने सहसचिवमा सुमन घिमिरेलाई शिक्षाबाट,पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा,संघीय मामिला तथा सामान्य […]

सरकारले एकै पटक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गरेको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो । सरुवाको सूची अनुसार,प्रशासन सेवाका २२ सहसचिवहरुको सरुवा हुँदा प्राविधिकतर्फका इञ्जिनियरहरु १०,वन सेवातर्फका ५ र विविध सेवाका ३ जना रहेका छन् । सरकारले […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा झण्डै २७ हजार भ्रष्टाचारका उजुरी परेका छन् । अख्तियारले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडे्ललाई बुझाएको छ । उक्त प्रतिवेदनमा गत आर्थिक बर्षमा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु परेको जनाइएको छ । अख्तियारका अनुसार,उक्त उजुरीमध्ये अघिल्लो आर्थिक बर्षबाट सरेर आएका ९ हजार २६८ उजुरीहरु समेत गरेर कारबाही […]

निजामती ऐनले एउटै कार्यालयमा कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षसम्म राख्न र त्यहाँबाट सरुवा गर्न भन्दछ तर चल्ताफुर्ता र पावरवाल कर्मचारीहरुको हकमा यस्ता ऐन,नियम नियमावली लागू हुँदैन । कर्मचारीवृत्तमा कमाउ अड्डाको रुपमा चिनिन्छ,मालपोत,नापी,यातायात,वैदेशिक रोजगार कार्यालयहरु । सेवाग्राहीको भीड हुनेर यी ठाउँमा कर्मचारीहरुले अतिरिक्त आम्दानी हुने हुँदा यी ठाउँमा जानका लागि कर्मचारीहरुबीच प्रतिष्प्रर्धा चल्ने गरेको छ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।