लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकका मन्त्री ढकालले पेस गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णायार्थ पेस गरेका […]

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्‍कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको विषयमा मुद्धा दायर गरेको छ । अख्तियारले चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा […]

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस​​​​ गरेको हो ।​​ बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि […]

गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका उपसचिव, कानून मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा […]

आन्तरिक राजश्व विभागले एकै पटक १२३ जना कर अधिकृतहरुको सरुवा गरेको छ । विभागले सोमबार देशभरका बिभिन्न कर कार्यालयहरुमा १२३ जना कर अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार विमल कुमार पौडेल भक्तपुरबाट दोलखा पुगेका छन् । गेहेन्द्र प्रकाश गिरी ठूला करदाता कार्यालयबाट बर्दिवासमा सरुवा भएका छन् । यस्तै,कलकीबाट छविलाल कोइराला सर्लाहीमा पुग्दा अशोक […]

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख बराबरको सहयोग गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कणेलले कांग्रेस महामन्त्री गगन कुमार थापालाई एक लाख एक रुपैयाँको चेक […]

सरकारले एकै पटक ४० सहसचिवहरु हेरफेर गर्यो । जसमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सरुवा गरेर त्यहाँ सरोज प्रसाद गुरागाई लाई लगिएको छ । यस्तै पोखरा महानगरपालिकामा शिवराज चौलागाई पुगेका छन् भने स्थानीय तह छाडेर दायाँ बाया नभएका वीरेन्द्रदेव भारती गोदावरी काण्डमा अख्तियारबाट क्लिन चिट पाएपछि महानगरपालिकाबाट उपमहानगरपालिकामा झरेका छन् । ४० सहसचिव […]

अर्थ मन्त्रालयले एकै पटक ४५ जना अधिकृतहरुको सरुवा गरेको छ । अर्थमन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृत‍को सरुवा भएको हो । विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेसँगै सचिवमा दुई […]

सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुँदा सम्पूर्ण सेवा ठप्प भएको छ । निलम्बित मेयर अजय प्रकाश जैसवालले नगरका अग्रज कर्मचारीलाई पाखा लगाउँदै आफ्ना पाकिटका कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोजेको कारण समस्या बल्झिएको हो । नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा आर्थिक प्रशासनिक सम्पूर्ण […]

अर्थ मन्त्रालयले ४० अधिकृतहरुको सरुवा टुंग्याएको छ । मन्त्रालयका अधिकारीले आइतबार राती अवेरसम्म बसेर अधिकृतहरुको सरुवाको सूची टुंग्याएका हुन । यो सरुवाको सूचीमा मन्त्रालय मातहतका भन्सार विभाग र आन्तरिक राजश्व विभागमा कार्यरत रहेका कर र भन्सार अधिकृतहरुको हेरफेरमा परेका छन् । विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेसँगै सचिवमा दुई घिमिरे बन्धुलाई ल्याएका छन् भने १७ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।