लोमान्थाङबाट २ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना नियन्त्रणमा

मुस्ताङ । नेपाल–चीन सीमा क्षेत्रमा अवैध कारोबारविरुद्ध निगरानी कडा बनाइएको अवस्थामा लोमान्थाङबाट ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ। लोमान्थाङ गाउँपालिका–४ नेचुङ्ग क्षेत्रमा चीनबाट नेपालतर्फ ल्याइँदै गरेको कन्टेनर जाँचका क्रममा दुई करोड रुपैयाँभन्दा बढी मूल्यको भेपसहित एक जना चालक पक्राउ परेका हुन्।

बिज्ञापन

सशस्त्र प्रहरीका अनुसार ना ६ ख ७५९१ नम्बरको कन्टेनर कोरोला नाकाबाट नेपाल भित्रिँदै गर्दा शंकास्पद देखिएपछि रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा ८० कार्टुन विद्युतीय चुरोट फेला परेको र त्यसको बजार मूल्य करिब २ करोड २४ लाख ५९ हजार रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

बिज्ञापन

कन्टेनर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ निवासी ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको छ। बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुस्ताङ भन्सार कार्यालयलाई बुझाइएको छ भने पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरको जिम्मा लगाइएको छ।
सीमा नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी थप कडा बनाइरहेका बेला भएको यो बरामदगीलाई भन्सार छल्ने प्रयासविरुद्धको महत्वपूर्ण सफलता मानिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

बिशेष