प्रशासन
कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दलले भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न सफल भएका उदाहरण प्रशष्त देखिन्छन् । अनि विचौलिया र व्यापारीको स्वार्थ नमिल्दा सातामै तीन पटक सरुवा भएको उदारहण पनि देखिन्छ । […]
कर्मचारी खटन पटनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीको जनप्रतिनिधिहरुले खुलेरै विरोध गर्न थालेका छन् । एमाले इतरका मेयर र अध्यक्ष रहेका पालिकाहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वक्र दृष्ट्रि पर्न थालेको छ । त्यस्का एउटा उदाहरण हो,बारास्थित जितपुर सिमरा उपमहानगरपालिका । सामान्यकै बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी […]
पछिल्लो समय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय एक पछाडि अर्काे नीतिगत रुपमा बदमासी भइरहेको छ । सोही बदमासीमा साथ नदिँदा एक हक्की स्वभावका सचिव फुटबल बन्न पुगेका छन् । उद्योग मन्त्री दामोदर भण्डारीको विचलनमा साथ नदिएकै कारण वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई महिना दिनमै त्यहाँबाट भकुण्डो बनाएर तथ्यांक कार्यालयमा पुर्याइएको छ । उद्योगमन्त्री दामोदर भण्डारी,केही उद्यमी,व्यापारीहरुको […]
मधेश प्रदेश लोकसेवा आयोगमा कार्यरत लेखपालले आफ्नो श्रीमती र नातेदारलाई उत्र्तिण गराएको र अन्य उमेद्धारलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको छ । आयोगमा कार्यरत लेखापाल राम प्रवेश यादवले पदीय दुरुपयोग गरी आफ्ना नातेदारलाई उत्र्तिण गराएको र अरुलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको हो । प्रदेश लोकसेवा अयोगको विज्ञापन नं १३१-०७९/८० खुल्ला तर्फको विज्ञापनमा […]
बुटवल । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् । आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते भएका छन् । मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट बाहिरी रहेका कोषका पदाधिकारीमाथि आक्रमण गरेका हुन् । लुम्बिनी विकास कोषका पदाधिकारीलाई होटलको ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य […]
संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ। संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको यो तेश्रो नाम हो । यस अघि समितिले प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशी र केही महिना अघिमात्र निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको थियो । पछिल्लो समय संसदीय सुनुवाई समिति कर्मकाण्डी बनेको […]
यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव राजिव पोखरेललाई दिइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पोखरेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। यस अघि विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव उद्धवप्रसाद रिजाल रहेका थिए ।रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा प्रदेश सचिवको जिम्मेवारीमा कामकाजमा खटाइपछि महानिर्देशकको पद रिक्त भएको थियो । उनले २०८० भदौ २५ देखि […]
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी […]
कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा कार्यरत १० र ११ औं तहका कर्मचारीहरुको सरुवा गरिएको हो । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी १० औँ तहका वरिष्ठ […]
यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो। विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका-२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका-२४ स्थित […]