वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुनेछ।

बिज्ञापन

विशेष अदालतले यसअघि घुस प्रकरणमा दोषी ठहर गर्दै पाण्डेलाई दुई वर्ष कैद र तीन लाख ३३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यस्तै, सोही मुद्दामा विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही तीन लाख ३३ हजार रुपैयाँ जरिवाना तथा कैद सजाय तोकिएको थियो।

बिज्ञापन

वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने प्रलोभन देखाउँदै एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको थियो। अख्तियारले २०७४ साल पुस ४ गते उनीहरूमाथि औपचारिक रूपमा मुद्दा दायर गरेको थियो।

२०७७ सालमा विशेष अदालतले तीनै जनालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेपछि उनीहरूले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए। अब सोही पुनरावेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष