बढुवा समितिको सचिवालयले थप चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूहबाट शत प्रतिशत अंकसहित सुष्मा गिरी खड्का,नेपाल विविध सेवा, निर्देशक (कम्प्युटर) अन्तर्गत रेनुका चित्रकार र केशव राज गौतम, नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्डलाइफ समूहतर्फबाट विश्ववावु श्रेष्ठ शत प्रतिशत अंकसहित बढुवाका लागि सिफारिस भएका छन् ।
समितिको सचिवालयले यी चारै जना शाखा अधिकृतहरुलाई कार्यक्षमता मूल्याकंनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।


























