प्रशासन
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका प्रदीप परियारले पदबहाली गरेका छन् । सरकारले एकै पटक २८ सहसचिवको सरुवा गर्दा प्रदीप परियारलाई योजना आयोगबाट काठमाडौं महानगरपालिकामा खटाइएको थियो । त्यहाँका प्रमुख प्रशासकीयको भूमिकामा रहेका बसन्त अधिकारीलाई मधेसी आयोगतिर पठाइएको छ । मुख्य सचिव बैकुण्ठ अर्यालले सह सचिव सरुवाको सनर्णय हिजो प्रमाणीकरण गरेर पत्र संघीय मामिला […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित आठ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले बुधबार उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा यसको दुरुपयोगबाट व्यक्ति र समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई निरुत्साहन गर्न ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न […]
सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि नयाँ नियम लागू गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो । जस अनुसार,जसअनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल […]
बागमती प्रदेशको लोक सेवा आयोगले एकै पटक १ हजार १ सय १३ कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन खुलाएको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको […]
सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।आज बसेको क्याविनेट बैठकले २७ जना सहसचिवहरूको सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको १० दिन पछि आज बसेको क्याविनेट बैठकले २७ सहसचिव सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन […]
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय सार्वजनिक भएको छ । जसमा चार वटा नियुक्तिसम्बन्धि छन् । एउटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र अर्काे राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति गर्ने रहेको छ । प्रधानमन्त्री प्रचण्ड कम्बोडिया जानु अघि आज बसेको क्याविनेट बैठकले […]
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट आजदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते […]
सेवा र संगठनको मिश्रण कर्मचारीतन्त्र हो। मेक्स वेवरको कर्मचारीतन्त्र वितरण प्रणालीमा आधारित छ। किनकि उनी समाजवादी चिन्तक हुन् । उनको विचारमा सरकारी नीतिको वितरण गर्ने संयन्त्र कर्मचारीतन्त्र हो। उनको याे धारणालाई १९८० पछि विश्वव्यापीकरण, निजीकरण, उदारीकरण र बजारीकरणले चुनौती नै दियो । त्यसताका कर्मचारीतन्त्रको मृत्युको घोषणासमेत भयो। किनकि विकसित हुँदै गरेका देशहरू वितरण मात्र होइन […]
समाज विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषतायुक्त हुन्छ । राष्ट् धेरै विशेषतायुक्त समाजहरुको सम्मिश्रण हो । समाज र राष्ट्का यी विशेषताहरु प्रत्येक राष्ट्को मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ ।राष्ट्यि पहिचान र गर्व संगसंगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वभाविक प्रक्रिया हो । बहुजातिय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको […]