वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको कुर्सीमा दोहोर्याएर पुगेका कुमार दाहाल ठूला व्यापारिक फर्महरुको कुकृत्यसँग लडिरहेका छन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन दशैं,तिहार तथा चाडपर्व आएपछि मात्र हुन्थ्यो । अरु समय विभागको काम न सुनिन्थ्यो न देखिन्थ्यो । अधिकांश कार्यालय प्रमुखको एउटै गुनासो हुन्थ्यो बजार अनुगमनका लागि बजेटै छैन । तर,कुमार दाहाल कुर्सीमा पुगे यता हरेक दिन जसो दशौं व्यापारिक फर्म,विद्यालय,होटल,हस्टिपटलसम्म अनुगमन भइरहेको देखिन्छ । र कारवाही पनि ।
बिज्ञापन
दाहाल आठ बर्षपछि विभागको नेतृत्वमा दोहोरिएर पुगेका हुन । ८ वर्ष अघि उपसचिवबाट सहसचिवमा पहिलो पोस्टिङ नै विभागमा भएको थियो उनको । त्यस समय चौधरी ग्रुपको बदमासीविरुद्ध लड्दा खेदिएका दाहाल वैदेशिक रोजगार,यातायात कतै लामो समय टिकेनन अर्थात टिक्न दिइएन ।
बिज्ञापन
दाहालले त्यस पछिको झण्डै एक बर्ष बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, एक वर्ष यातायात व्यवस्था विभागमा महानिर्देशक, ६ महिना राष्ट्रिय सूचना आयोग हुँदै नेपाल ट्रष्टतिर थन्काइएको थियो ।
अहिले पुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लगिएको छ । त्यस यता उनले विभिन्न फर्महरुमा छापा हान्ने र जरिवाना तिराउने सिलसिला जारी राखेका छन् । मंगलबारमात्र ३ उद्योग तथा फर्मलाई २ लाख ६६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
ह्याम्स हस्पिटल समेत चलाउँदै आएका भण्डारी सर्जिकल हाउस प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको हो । उक्त सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ ९ख० बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै विभागले बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको एभरग्रिन होम डेकोरलाई ५० हजार रुपैयाँ तिराएको छ । एभरग्रिन होम डेकोरले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै विभागले उक्त जरिबाना तिराएको जनाएको छ ।
बिज्ञापन
विभागको अनुगमन टोलीले मध्यपुर थिमी नगरपालिका–१ नरेफाँटको जिरे खुर्सानी रेट्रोलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । खरिद बिलबिजक नराखेको भन्दै उक्त रेट्रोलाई विभागले जरिबाना तिराएको हो ।
यस्का अलवा रोजवर्ड स्कुल,पाठशाला,बृहस्पति विद्यासदन,राय स्कुललाई समेत तिन दिनभित्र विभागमा उपस्थित हुन भनेको छ । यस अघि ललितपुरमा रहेको प्रिमियर इन्टरनेशनल स्कुल,जेम्स,मोर्डनमा छापा मारेको थियो ।
पछिल्ला समय काबजारीयालाई र कम तौलका उत्पादन बिक्री गरी ठगी गर्नेहरुलाई तह लगाउँदै छन्,दाहाल । यस अघि कसैले छुन नसकेका कमलकिशोर मालपानीको उद्योगमा छापा हान्ने काम समेत उनी नै विभागको नेतृत्वमा पुगेपछि भएको थियो ।
करोडौं राजस्व छलीमा मुछिएका कमलकिशोर मालपानीहरुले चलाएको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा छापाहानी सिलबन्दी गर्ने काम उनै दाहालको नेतृत्वमा भएको थियो ।
यसरी ठूला व्यापारिक फर्महरुको कुकृत्यसँग लडिरहेका कुमार दाहाल कालाबजारीयाहरुका लागि टाउको दुखाइ बन्न थालेका छन् ।