एक पुरुषले २६ वर्षको आफ्नो करियरमा जम्मा एक दिन मात्रै छुट्टी लिएका छन् । पत्याउनु भएन ? यो कुरा सत्य हो । तेजपाल सिंह नाम गरेका ती पुरुषको नाम इन्डिया बुक अफ रेकर्ड्समा समेत लेखिएको छ । होली होस्, दिवाली होस् वा आइतबार, उनी सधैं अफिसमा उपस्थित हुन्थ्ये। विश्वमा हप्तामा ३ दिन बिदा दिने चर्चा […]

निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज हटाउने भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जति खोके पनि र कार्यदल बनाए पनि कार्यन्वयनमा उस्तै ताल देखिन्छ । कुनै समय तीन सय भन्दा बढीको संख्यामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज रहेकोमा अझैं साढे दुई सय भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । संघीयता कार्यन्वयन पछि भन्न […]

सचिव दरबन्दी कटौती गर्ने बिषय जोडतोडका साथ उठिरहेको समयमा एकै पटक पाँच पद रिक्त हुन पुगेको छ । अस्तिमात्र स्वास्थ्य सचिव देवकुमारी गुरागाई घर फर्किएसँगै पाँच सचिवको पद रिक्त हुन पुगेको हो । यसमा मानव अधिकार आयोगको सचिवलाई जोडिएको छैन । आयोग पनि निमित्त सचिवकै भरमा चलिरहेको अबस्था छ । केही अघिमात्र मुख्य सचिवका प्रवल […]

जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले भ्रष्टाचारका दुई मुद्दामा सफाई पाएका छन् । दुई भिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको घूस÷रिसवत र गैरकानूनी सम्पत्ति आर्जनका मुद्दामा उनले सफाइ पाएका हुन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार यस्तो फैसला गरेको हो । […]

विशिष्टीकृत ज्ञान सीपमा आधरित भई आचरणको गुणस्तर कायम राख्दै उच्च कार्यसम्पादन गर्ने कौशल नै व्यावसायिकता हो ।निजामती सेवाको व्यावसयिकता भनेको निजामती सेवाका सिद्धान्तको ज्ञान र त्यसलाई व्यवहारमा अपनाउने प्रतिबद्धता हो । व्यावसायिकता सामाजिक समस्या समाधानार्थ प्रशासनिक कार्य सञ्चालनको निष्ठा, सीप, क्षमता र प्रविधि अनुकूलनता हो । त्यसैले व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो । […]

संयोग यस्तो छ कि एउटै यातायात कार्यालयमा तीन जना बस्नेत । तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी टंगालसम्म पुगेको छ । तर, भ्रष्टाचारको धनले सधैभरी पोल्छ,यो समाजिक अपराध हो ।’ भनेर प्रत्येक व्यक्तिको मोवाइलमा रिङ टोन बजाउने टंगाल दरबारले त्यहाँ भएको भ्रष्टाचार छानबिनमा चासो देखाएको छैन । प्रंसग हो,राधेराधेस्थित यातायात कार्यालयमा भएको अनियमितताको […]

श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालत, काठमाडौंले उनीविरुद्धको मुद्दामा आइतबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौ २०७९ मा ४ लाख ९८ हजार हिनामिना गरेका थिए । पदको दुरुपयोग गरी विभिन्न […]

संघीय नेपालको संबैधानिक स्थापना २०७२ सालमा भयो जतिखेर सात प्रदेश सहितको नेपालको संविधान घोषणा भयो । संविधानमा नै संघ¸ प्रदेश र स्थानीय तहको कार्यपालिका¸ व्यवस्थापिका तथा न्यायपालिका साथै तीनै तहको अधिकार सूचीको पनि व्यवस्था गरियो । सोही संवैधानिक आधारलाईलाई टेकेर हालको ७५३ स्थानीय तह संस्थागत गरियो । नेपालको संविधानमा प्रशासनिक संघीयताको पनि आधारभूत परिकल्पना गरियो […]

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले आइतबार विशेष अदालत काठमाडौंमा गाउँपालिकाका तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।