अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे एउटा ठूला माछालाई बयानका लागि टंगालमा डाकेको छ ।जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर छानबिन गरिरहेको अख्तियारले हाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कुर्सीमा रहेका प्रदीप अधिकारीलाई बयानका लागि अख्तियारमा डाकिएको टंगाल स्रोतले जनाएको छ । प्रेम बहादुर आले पर्यटनमन्त्री हुँदा बरिष्ठ कर्मचारीहरुलाई पाखा लगाउँदै […]

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएपछि फेरि पनि सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ । मन्त्रिपरिषदले पूर्णत पाएलगतै दुई सचिव यता उता भएका छन् । पुर्नगठित प्रचण्ड सरकारको दोश्रो क्याविनेट बैठकले काविल प्रशासकका रुपमा चिनिएका एकनारायण अर्याललाई […]

हालसम्म २६ मुख्य सचिव,अधिकांश बाहुन,क्षेत्री र नेवार समुदायबाटै । २३ औं मुख्यसचिवका रुपमा तमाङ्ग समुदायबाट नाम कोर्ने सुनौला अवसर थियो धनबहादुर तमाङ्गलाई । जसै सोमलाल सुवेदी मुख्य सचिव पद त्यागेर उपसचिवस्तरको पदमा एडिबीमा जागिर खान गए उनी पछि बरिष्ठताका आधारमा तमाङ्ग नै मुख्यसचिव बन्ने लाइनमा थिए तर बाजी मारे,राजेन्द्र क्षेत्रीले । सेवा अवधि बाँकी छँदै […]

‘मन्त्री त के प्रधानमन्त्री नै आए पनि क्वार्टर मिलाउन सकिँदैन’ यस्तो रुखो जबाफ फर्काइदिए उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादवका सहयोगीलाई सहरीका कर्मचारीहरुले । आइतबार उपप्रधानसहित स्वास्थ्य मन्त्रीको शपथ लिए लगतै उपेन्द्रका सहयोगीहरुले पुल्चोकस्थित मन्त्रीक्वार्टारका अलवा विग ६ कार्यालयहरुको मर्मत सम्भार र व्यवस्थापनको काम हेर्दै आएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीलाई फोन घुमाउँदा […]

शिक्षक सेवा आयोगले विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत फागुन २० देखि सञ्चालन भएको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएकाहरूको नतिजा प्रकाशित गरेको हो। शिक्षक सेवा नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा सुनसरी, सिरहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र […]

लामो रस्साकस्सी पछि कर्मचारीहरुको मूल कानुन मानिएको संघीय निजामती सेवा विद्येयक आज सदनमा पेश हुँदैछ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विद्येयक सदनमा पेश गर्ने कार्यसूची रहेको छ । विद्येयकमा निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । विद्येयकमा सङ्घीय निजामती सेवाअन्तर्गत ११ वटा सेवा राखिएका छन् । […]

६ महिनादेखि रिक्त रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा रुपन्देही ७ का अशोक कुमार पौडेललाई नियुक्ति गरिएको छ । रिक्त रहेको लिमिटेडमा नियुक्तिका लागि २३ असोज २०८० मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । उक्त सूचनापछि ४ पुससम्म आठजना सर्ट लिस्टेड भएका थिए । तिनमा इन्जिनियर अर्जुनबाबु ढकाल, […]

एक जना उपसचिव (कार्यालय प्रमुख)ले चुस्त दुरुस्त सेवा दिन नसक्दा सेवाग्राही माथि अन्याय भयो भन्दै पदबाटै राजीनामा बुझाएर हिडेका छन् ।स्वीकृत दरबन्दी जम्मा १२ जना,सेवाग्राहीको भीड लाग्दछ,औसतमा दैनिक १२ सय बढी । यसरी ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको र उनीहरुमाथि अन्याय भएको भन्दै राजीनामा बुझाउने शिक्षातर्फका उपसचिव शान्तिराम पौडेल । उनी सानोठिमीस्थित वैदेशिक अध्ययन […]

डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए । अर्थशास्त्र, सार्वजनिक वित्त व्यवस्थापन, व्यवस्थापन, राजस्व प्रशासन, सार्वजनिक प्रशासन, प्रशासनका उदीयमान सन्दर्भहरु, संघीय शासन प्रणाली उनका लेखका मुख्य क्षेत्रहरु हुन् । संघीयता र […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् ।मन्त्रालयले सह–सचिव रिजाललाई प्रवक्तामा नियुक्त गरेको हो । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।