प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । कारण खुलाइएको छैन ।आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो ।

बागमती प्रदेशका लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् भने आयोगका सदस्य सुर्दशन ढकालले पदबाट राजीनामा दिएका छन् । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न लागिएको भन्दै ढकालले शुक्रबार प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष राजीनामा दिएका हुन् । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ […]

मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको बैठक जारी छ । बैठकमा मन्त्रालयहरूको प्रगति विवरण, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा छलफल हुनेछ । त्यस्तै विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद्को बैठक डाकेका छन्  । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक(एसपी) कमल थापा छानविनमा तानिएका हुन् । हनि ट्रयापिङमा फसाउने गिरोहसँग निकटतम सम्बन्ध देखिएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानविन थालेको छ । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा थापालाई अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा […]

लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले अब तत्कालै शाखा अधिकृत (प्राविधिक) पदका लागि दरखास्त खुल्ने जानकारी दिए । आयोगले असोजको अन्तिम साता एकै पटक ६६० जनाको दरखास्त खुला गरेको छ । आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) १५० पद र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) […]

नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक(डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् ।राणालाई जनपद प्रहरी समूहतर्फ केन्द्रीय अनुसन्धान ब्यूरोको एआईजीमा बढुवा सिफारिस गरिएको छ भने ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फका ह्योजुलाई नेपाल प्रहरी अस्पताल महाराजगन्जको एआईजीमा सिफारिस गरिएको […]

नेपाल प्रहरी अस्पताल प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजु सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ। एआईजीमा बढुवाका लागि सिफारिस भएका डिआईजी डा. ह्योजु एआईजी भएपछि नेपाल प्रहरी अस्पताल, महाराजगन्जको प्रमुख बन्नेछन्। यसअघि अस्पतालको प्रमुखमा डा. सञ्जय श्रेष्ठलाई बढुवा गर्न चलखेल भएको थियो । डा. […]

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्। बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम नियुक्त गरेका हुन्। मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलको नेता शालिकराम […]

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।