ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

निर्वाचन आचारसंहिता विपरित उमेद्धारको आफन्तलाई निर्वाचनमा खटाइएको पाइएको छ ।

बिज्ञापन

मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले निर्वाचन आचारसंहिता ०८२ विपरित उमेद्धारका आफन्तलाई मतदान अधिकृतको रुपमा खटाएको पाइएको हो ।
रसुवामा निर्वाचनका लागि कर्मचारी मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले ५९ वटा केन्द्रका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहायक कर्मचारीहरु खटाउँदा निर्वाचन आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२’ विपरित उमेद्धारको आफन्तलाई समेत मतदान अधिकृतको रुपमा खटाइएको हो ।

बिज्ञापन

रसुवा जिल्लामा  राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेद्धार रहेका बसन्त भट्ट,उनैको ससुरालाई मतदान अधिकृतको रुपमा खटाइएको भेटिएको हो । जुन निर्वाचन आचारसंहिताभन्दा विपरित हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अण प्रसाद पौडेललाई सुन्धरा मावि धारापानी (ख) मा मतदान अधिकृतको रुपमा खटाइएको पाइएको हो ।

निर्वाचन आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२ को दफा २२ ले कुनै कर्मचारीको नतिजको नातेदार उमेद्धार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्ता कर्मचारीलाई खटाउन नहुने भनिएको भए पनि नौकुण्ड गाउँपालिकाको सि अ हेव पदमा कार्यरत उमेद्धार भट्टका आफ्नै ससुरा पौडेललाई मतदान अधिकृतको रुपमा कालिका गाउँपालिका सुन्धरा मावि मतदान केन्द्रमा निर्वाचन अधिकृतको रुपमा खटाइएको हो ।

बिज्ञापन

उक्त निर्देशिकामा कुनै पनि राजनीतिक दलसम्बद्ध संगठनमा भएका कर्मचारीलाई निर्वाचन आयोगले आगामी निर्वाचनमा नखटाउने भनेको छ । सो आचारसंहितामा फागुन २१ निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले आफ्नो वडामा समेत जान समेत लगाम लगाएको छ आचारसंहिताले ।

तर काँग्रेसी कर्मचारी ट्रेड युनियनमा समेत आवद्ध रहेका पौडेललाई मतदान अधिकृतको रुपमा खटाइएको हो । उनी निकटहरुका अनुसा जिल्लामा अणलाई काँग्रेसका हस्तिका रुपमा चिन्नेहरु छन् । अहिले नौकुण्डको स्वास्थ्य शाखा प्रमुख रहेका उनी यस अघि दलीय कर्मचारी राजनीतिमा सक्रिय कर्मचारी हुन । उनी काँग्रेसको क्रियाशील सदस्य समेत रहेको खुलेको छ । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा क्रियाशील सदस्यको रुपमा उनले सदस्यता नवीकरण गराएको समेत भेटिएको छ ।

यस पटक निर्वाचनमा हुने सक्ने धाँधली र कर्मचारीको राजनीतिक प्रभावलाई न्यूनीकरण गर्दै आम मतदाताको विश्वास जित्न आयोगले निर्वाचनको निष्पक्षता कायम गर्न कर्मचारी परिचालनमा आयोगले आचारसहिंतामार्फत विशेष कडाइ गरेको भए पनि रसुवा निर्वाचन क्षेत्रमा भने आचारसहिता विपरित यस्का अलवा केही नामहरु केलाउँदा कर्मचारी ट्रेड युनियनमा आवद्ध झण्डै आधा दर्जन कर्मचारीहरुलाई मतदानमा खटाइएको भेटिएको छ ।

निर्देशिकाको दफा २२ अनुसार निजामती कर्मचारी, शिक्षक वा अन्य सरकारी निकायमा कार्यरत राष्ट्रियस्तरको ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनको काममा निषेध गरेको छ । यसैगरी, कुनै कर्मचारीको घर वा ठेगाना भएको वडामा सोही कर्मचारीलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृतको रूपमा खटाउन नपाइने व्यवस्था गरेको छ ।
तर यो बिषयमा  मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने उल्टै हास्यस्पद् तर्क गरेको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२ विपरित उमेद्धारकै आफन्तलाई किन र कसरी मतदान अधिकृतको रुपमा खटाइएको हो भन्ने हाम्रो  कर्मचारी प्रेसले जिज्ञासा राख्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ‘उसो भए ज्वाईको एक भोट घट्ने भयो भन्दै लज्जास्पद्’ प्रतिक्रिया दिएको छ ।

निर्वाचन आयोगले भने निर्वाचन जस्तो संवेदनशील कार्यमा लापर्बाही गर्ने कर्मचारीलाई कडा कारबाहीको चेतावनी दिइएको छ । यो बिषयमा कहिँ कतैबाट प्रमाण सहित उजुरी परेको खण्डमा ती मतदान अधिकृतलाई हटाइने निर्वाचन आयोगले प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष