प्रशासन
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ । बुधबार बसेको प्रमुख सचिवस्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वास्थ्य सेवातर्फ ९÷१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन […]
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका नकारात्मक असरका परिणाम स्वरूप ऊर्जा सुरक्षा र उर्जा दक्षता कायम राख्न ठूलो चुनौती सामना गर्नुपरिरहेको बताएका छन् । भारत जयपुरमा ५ कात्तिकदेखि सुरु ‘साउथ एसियन क्लिन इनर्जी फोरम २०२४’ को दोस्रो फोरम बैठकमा ऊर्जा सचिव आचार्यले एक महिनाअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जलविद्युत् आयोजनामा भएको क्षतिको शोधभर्ना […]
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे उमेद हदका कारण अवकाश पाएपछि उक्त ठाउँमा रघुराम विष्ट बढुवा हुने भएका छन्। सुवेदीले कार्तिक ५ गते सचिवबाट अवकाश पाएका हुन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठक वरिष्ठताका आधारमा […]
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म सिंहदरवारबाट प्रदान गरिँदै आएको सेवा नारायणहिटी दरबार संग्राहलय (केशरमहल अगाडि) मा रहेको इकाईबाट हुने छ । सिंहदरबारस्थित कार्यालय परिसरबाट प्रदान गरिदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा अन्य जानकारी सम्बन्धी सेवाहरु सर्वसाधारणको सहज गर्न कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडी) भित्र रहेको राष्ट्रिय परिचयपत्र ईकाईबाट हुने […]
गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले बुधवार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]
गृह मन्त्रालयले बुधबार अध्यागमन विभागको महानिर्देशकमा गोविन्द प्रसाद रिजाललाई पठाइएको छ । अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त रहँदै आएको थियो । निरौला ६ महिना अघि २०८० चैत ७ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।निरौलाको केही दिन मात्रै विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो । रिजाल […]
गृह मन्त्रालयले बुधबार तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयमा रहेका गोविन्द प्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ । चार महिना नपुग्दै चितवनको प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव गत जेठ २३ गतेदेखि चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएकोमा ४ महिना नपुग्दै उनी मन्त्रालय तानिएका हुन् । त्यसैगरी […]
गृह मन्त्रालयले केही दिनमा ठूलो संख्यामा सहसचिव र उपसचिवहरुको सरुवा गर्दै छ । सम्भवत: शुक्रबारसम्ममा सहसचिव र उपसचिवहरुको सरुवा हुने बुझिएको छ । अहिले गृह मन्त्रालयमा दर्जन बढी सहसचिवहरु जिम्मेवारीविहीन ‘बरण्डा’मै थन्क्याइएका छन् । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दवाडीले निर्णय गर्न नसक्दा जेठमै मन्त्रालयमा फिर्ता बोलाइएका सहसचिव समेत जिम्मेवारीविहीन छन् । महिनौँदेखि दर्जनौँ […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले ठूलो सख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको एकै स्थानमा लामो समयदेखि रहेका रैथाने कर्मचारीहरुको सरुवा गरेका छन् । स्वास्थ्य सेवा विभागमा २५ बर्ष देखि रहेका डिक बहादुर […]
काठमाडौं महानगरपालिकाले स्वास्थ्य तर्फका विभिन्न पदमा करार सेवामा जनशक्ति माग गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना कर्मचारी माग गरेको हो। महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स […]