फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि कर्मचारी खटन पटन गर्दा हदैसम्म बदमासी गरेको विवरणहरु भेटिएका छन् ।

बिज्ञापन

कतिपय स्थानमा उमेद्धारकै नातेदारलाई मतदान अधिकृत बनाएर खटाइएको छ भने जिल्ला जिल्लामा कर्मचारी ट्रेड युनियनकर्मीहरुलाई नै मतदानमा परिचालन गरिएका प्रशस्त प्रमाणहरु भेटिएका छन् । कर्मचारी खटन पटन गर्दा बरियता नमिलाइएका प्रशस्त उदाहरण छरपष्ट भइसकेका छन् ।

बिज्ञापन

यता काठमाडौंको एउटा निर्वाचन क्षेत्रमा कर्मचारी खटाइँदा फर्जी कर्मचारी परिचालन गरिएको बिषयलाई गम्भीर रुपमा हेरिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा फर्जी कर्मचारी राखेर आसन्न फागुन २१ गतेको निर्वाचन गराउन लागेको भेटिएको हो ।

सो निर्वाचन क्षेत्रभित्रको विद्या आश्रम मावि नागाउँ ख मतदान केन्द्रमा यस प्रकारको बदमासी भएको भेटिएको हो । जहाँ मतदान अधिकृतको रुपमा खटाइएको छ,सर्वाेच्च अदालतका शाखा अधिकृत बालाजी प्रसाद पाण्डेय,त्यहाँ सहायक मतदान अधिकृतमा नायब सुब्बा ज्ञानेन्द्रमान प्रधान र सहायक कर्मचारीहरुमध्ये काठमाडौं जिल्ला अदालतका डिठ्ठा भीमलाल पाण्डे,कीर्तिपुर नगरपालिकाको कर्मचारी भूमिका महर्जन,काठमाडौं जिल्ला अदालतको तामेलदार विनिता सुवेदी र अर्थ मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी हरिराम थारुलाई सो मतदान केन्द्रमा खटाइएको छ ।

बिज्ञापन

तर यसरी खटाइँदा काठमाडौं जिल्ला अदालतमा कार्यरत नै नरहेको कर्मचारीलाई सहायक कर्मचारीका रुपमा खटाइएको तथ्य सार्वजनिक भएको हो । विनिता काठमाडौं जिल्ला अदालतमा तामेलदार पदमा कार्यरत रहेको निर्वाचनमा खटाइएको कर्मचारीहरुको विवरणमा उल्लेख छ । तर, उनी जिल्ला अदालतको तामेलदार नभएको पुष्टि भएको छ ।

अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले उनी तामेलदार नभएको पुष्टि गरे । यता, फर्जी कर्मचारीलाई निर्वाचन गराउन खटाइएपछि धेरैले स्वच्छ र निष्पक्ष तवरले निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी भवनभित्रका ट्रेड युनियन कार्यालय हटाउन काठमाडौं प्रशासनको ७ दिने अल्टिमेटम

कर्मचारी प्रशासन महाशाखा सहसचिव ढकाललाई ‘घाँडो’ : सरुवा विवादपछि प्रधानमन्त्री कार्यालय र ट्रेड युनियन दुवैतर्फबाट दबाब

प्रधानमन्त्रीलाई एउटा म्यासेज, कर्मचारीतन्त्रमा ठूलो प्रश्न

नेपालको विकास प्रवृत्तिमा असारे मानसिकता र यसको संरचनागत कारणहरू

पूर्वसचिव संगीता मिश्रलाई भ्रष्टाचार मुद्दामा सफाइ, ६ जनालाई चार महिना कैद

ड्युटीकै क्रममा अनिशा धामी मृत फेला, परिवारले भन्यो– ‘सत्य बाहिर ल्याउनुपर्छ’

राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बिशेष