प्रहरी प्रधान कार्यालय,नक्सालले विना जानकारी र विदा स्वीकृत गराइ लामो समयदेखि वेपत्ता भएका १६ प्रहरीहरुलाई गैर हाजिरी हुनुको चित्तबुझ्दो कारण पेश गर्न सात दिनको समय दिएको छ । हेडक्वाटरले १६ जना प्रहरी बिना जानकारी सम्पर्कविहीन भएपछि ७ दिने सूचना जारी गरेको हो । गत फागुनदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर […]

शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन्। विगत १० बर्षदेखि करार सेवा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन ।खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ । विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले […]

हाल निलम्बनमा रहेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले २३ करोड ७५ लाख ४६ हजार अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविनमा उनीसँग एक करोड १९ लाख मात्र बैध सम्पत्ति रहेको खुलेको हो । पौडेलसँग कुल २४ करोड ९४ लाख ७१ हजार कुल सम्पत्ति रहेकोमा त्यसमध्ये एक करोड १९ […]

सरकारी कर्मचारीले सार्वजनिक जग्गामा कसरी रजाई गर्छन् भन्ने उदाहरण खोज्न दुरदराज होइन राजधानीको मुटु,सिंहदरबार र ववरमहल आसपासतिरै हेरे पुग्छ । राजनीतिक दलका आडमा कर्मचारी संगठनले दशौं बर्षदेखि सरकारी जग्गा हडपिरहेका मात्रै छैनन्, बंगला ठडाएर नियम विपरित भाडासमेत असुलीरहेका छन् । मुख्य दल सम्बद्ध कर्मचारीका संगठनले सरकारी भवनलाई व्यावसायिक प्रयोजनमा मात्र होइन पार्टीको कार्यालय खडा गरेर […]

मन्त्रिपरिषद्को नियमित बैठक आज बिहान १० बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा नियमित एजेण्डाका अलवा सहसचिव सरुवा हुन सक्ने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साता अघि नै २७ सहसचिव सरुवाको सूची बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जनाएको छ । सामान्य प्रशासन स्रोतका […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध अख्तियारले यो दोश्रो मुद्धा चलाएको हो । नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको तीन दिन पछि अख्तियारले पौडेलविरुद्ध आइतबार अर्काे मुद्धा विशेष अदालतमा दायर गरेको हो । गैरकानूनी […]

केपी ओली,शेरबहादुर देउवा,प्रचण्ड सरकार रहँदासम्म राज गर्दै आएका एक जना निलम्बित ब्रोकर कार्यकारी निर्देशक’लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको हो । अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालमा सरकारी सेवामा नियुक्त भएको अभियोगमा […]

नेपालको पूरानो रोगै हो,निर्णय हुने कार्यन्वयन नहुने । गत पुसमै क्याविनेटले एउटा निर्णय गर्यो कि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुको दरबन्दी कटौती गर्ने । सोही निर्णय कार्यन्वयन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले एकै पटक सचिवालयका १८ जना कर्मचारी एकै पटक कटौती गरे । जसमा जनसम्पर्क सल्लाहका देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्यदेखि प्रेस संयोजक नारायणप्रसाद ढुंगानाका अलवा प्रधानमन्त्रीको […]

नेपालको सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका विकल पौडेल तथा सुनिल पौडेल अहिले अख्तियारको हिरासतमा छन् । शुक्रवारमात्र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेषले नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका ९ मध्ये सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषबाट यस्तो फैसला […]

संघीय सरकारको मन्त्रालयहरु एकै ठाँउमा रहेझैं सरकारले विभिन्न विभागहरुलाई एकै ठाँउमा रहने गरी प्रशासनिक भवन निर्माण गर्ने गृहकार्य अगाडि बढाएको छ । सिंहदरबारमा सबै मन्त्रालय रहेजस्तै बबरमहलमा सरकार मातहतका विभिन्न विभागहरु रहने गरी प्रशासनिक प्लाजा निर्माणको गृहकार्यमा जुटेको छ,सहरी विकास तथा भवन निर्माण विभाग । अहिले संघीय सरकारका विभिन्न विभागहरु छरिएर रहेका छन् ती विभागहरुलाई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।