प्रशासन
निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६ पदमा कर्मचारीको दरबन्दी रिक्त रहेको देखिएको हो । ठुलो सङ्ख्यामा निजामती कर्मचारीको दरबन्दी रिक्त रहँदा सरकारले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका काममा समस्या पर्दै आएको छ । राष्ट्रिय किताबखाना […]
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् । अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ । जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टरको रुपमा उनी विभागमा जोडिएका […]
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका प्रसाद उप्रेतीमाथि गम्भीर घुस काण्डको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई छानबिनको लागि मन्त्रालयमा तानेको छ। डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासन दिएर एक व्यक्तिसँग २० लाख रुपैयाँ घुस लिएको आरोपसहित उजुरी परेको छ, जसका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो। उप्रेतीमाथि श्रम बजारको नयाँ […]
उद्योग विभागको महानिर्देशक फेरिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक सहसचिव राजेश्वर ज्ञवालीलाई नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै भर्खरै सरुवा मन्त्रालयमा सरुवा भएर आएका ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । ज्ञवाली यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा […]
गृह मन्त्रालयले शुक्रवार २७ कर्मचारीको सरुवा गरिएको छ । मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरेको हो । वासुदेव घिमिरेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा, गणेश अर्यालको जिल्ला प्रशासन कार्यालय पर्सा, दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, लालबाबु कवारीको जिल्ला प्रशासन कार्यालय महोत्तरी, शशिध घिमिरेको गृह मन्त्रालय, आनन्द काफ्लेको […]
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह पक्राउ परेका छन् । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित टोलीले साहलाई घुस लिरहेको अवस्थामा पक्राउ गरेको हो । अख्तियार कार्यालय हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतमका अनुसार कलैया ४ मा सेवाग्रहीसँग ८० हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको हो […]
मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् । प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव […]
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ । बुधबार बसेको प्रमुख सचिवस्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वास्थ्य सेवातर्फ ९÷१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन […]
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका नकारात्मक असरका परिणाम स्वरूप ऊर्जा सुरक्षा र उर्जा दक्षता कायम राख्न ठूलो चुनौती सामना गर्नुपरिरहेको बताएका छन् । भारत जयपुरमा ५ कात्तिकदेखि सुरु ‘साउथ एसियन क्लिन इनर्जी फोरम २०२४’ को दोस्रो फोरम बैठकमा ऊर्जा सचिव आचार्यले एक महिनाअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जलविद्युत् आयोजनामा भएको क्षतिको शोधभर्ना […]