निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यालय प्रमुख र माध्यमिक शिक्षकलाई विभागीय कारवाहीको सिफारिस

‘निर्वाचन आचारसंहिता, २०८२’ पालना नगर्ने कर्मचारीदेखि शिक्षकलाई कारवाहीको सिफारिस गरिएको छ । निर्वाचन आयोगले आचारसंहिताउल्लंघन गर्ने शिक्षकदेखि कर्मचारीलाई कारवाहीको सिफारिस गरेको हो ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जनाएका छन् ।
यसैबीच आयोगले एक कर्मचारी र अर्काे माध्यमिक तहका शिक्षकलाई समेत विभागीय कारवाहीका लागि सिफारिस गरेको छ । यसरी कारवाहीका सिफारिस गरिएकामध्ये एक कार्यालय प्रमुख रहेका छन् । आयोगले ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीलाई विभागीय कारबाहीको सिफारिस गरेको हो ।
चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक भाषामा अभिव्यक्ति दिएको भेटिएसँगै उनलाई आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेको देखिएको कारण उनलाई विभागीय कारवाहीको लागि सिफारिस गरेको हो ।

बिज्ञापन

उता,धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका माध्यमिक विद्यालयका शिक्षक दीपनारायण ठाकुरलाई पनि विभागीय कारबाही गर्न आयोगले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।ठाकुरले राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेको बताउँदै आयोगले शिक्षा ऐन, २०२८ बमोजिम विभागीय कारबाही गरी आयोगमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । यी शिक्षक र कर्मचारीहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा सिफारिस गरी सो को जानकारी आयोगलाई दिन आयोगले निर्देशन दिएको छ ।

बिज्ञापन

आचारसंहिताको दफा ४७ मा त जो सुकैले आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी दिन सक्ने पनि व्यवस्था छ। कसैले यो आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद ८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची ४ बमोजिमको ढाँचामा उजुरी दिन सक्ने व्यवस्था छ ।
यसरी उजुरी दिँदा आधार, कारण र सो सम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ। यसरी उजुरी दिइएकोमा सम्बन्धित निकाय वा अधिकारीले सोको अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ। आचारसंहिता उल्लंघन गरेको पाइएमा,उजुरी परेमा उनीहरूलाई स्पष्टीकरण सोधिने छ। त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार निर्वाचन आयोगले एक शिक्षक र अर्का कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष