प्रशासन
विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंंले प्रयोग गरेको हतियार कानुन अनुसार इजाजत दिन नमिल्ने खालको देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । २०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा व्यवसायी दुर्गा प्रसाईंको अंगरक्षकबाट जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ हतियार फेला परेको थियो।सो क्रममा प्रसाईंका दुई […]
नेपाल सरकारका सचिव सुरेश अधिकारी सेवा हदका कारण घर फर्किएका छन् । ०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका थिए। उनी पाँच बर्षे सेवा अवधि पूरा गरेर आजबाट फर्किन लागेका हुन । मन्त्रालयले चार बजे सचिव बिदाइको कार्यक्रम राखेको छ । निजामती सेवामा ३६ वर्ष काम गरेका अधिकारी सहसचिव हुँदा गृह मन्त्रालय र […]
कागजपत्र सबै पूरा भएको एक सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भेटिएपछि एक जना अध्यागमन अधिकृत फिर्ता तानिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृतले सेवाग्राहीलाई अनावश्यक सास्ती दिएको भेटिएसँगै उनलाई विभागमा फिर्ता ल्याइएको हो । भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको प्रकरणमा अध्यागमन […]
आजदेखि सिंहदरबार प्रवेशका लागि नयाँ व्यवस्था लागू भएको छ । सरकारले आजदेखि इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ। जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन्। गृह मन्त्रालयले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ । परीक्षणको रुपमा आजदेखि यो प्रविधि लागू हुने छ […]
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा अख्तियारले प्रतिवादी बनाएको पूर्व सचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटेका छन् । राष्ट्रिय गौरवको आयोजना मानिएको मेलम्चीमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले तत्कालीन सचिवमा भीमप्रसाद उपाध्याय, गजेन्द्र ठाकुर […]
अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए । उनका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल वा कम्प्यूटरमा प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा […]
सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो ।इजलासले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । २०७८ […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ । श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एंवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो । मन्त्रालयले गत बैशाख १२ गते कार्यविधि स्वीकृति गरेको […]
खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि नियमक निकाय भने मौन छन् । खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने […]
अनियमिततामा मुछिएको आरोपमा तीन कर्मचारीको जिम्मेवारी खोसिएको छ । प्रंसग हो राष्ट्रिय सहकारी विकास बोर्डको । ललितपुरको लगनखेलस्थित कित्ता नम्बर ४२४ को ६–१२–०–० क्षेत्रफल जग्गामा भएको साझा किनमेल केन्द्र भवनको पहिलो तल्ला बोर्डले लिजमा दिने भनेर टेण्डर आह्वान गरेको थियो,सोही गडबडीमा मुछिएका तीन कर्मचारीको जिम्मेवारी खोसिएको हो । लिजमा लिने प्रतीक ढकालसँग बोर्डले २०७८ वैशाख […]