प्रशासन
लोक सेवा आयोगले लिएको परीक्षामा चिट चोर्ने एक जना कारबाहीमा परेका छन् । गत वैशाख ३० र जेठ १ गते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा सहभागी ललितपुरको इकुडो–१, का बुद्ध बोम्जनलाई कारबाही गरिएको हो । उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ । […]
स्थानीय तहका डन कर्मचारीका रुपमा चिनिएका सहसचिव वीरेन्द्रदेव भारती ‘गोदावरीकाण्ड’मा परेर निलम्बनमा परेका छन् । हाल भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका भारतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका हुन । सरकारले गत वै्रशाखमा २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको […]
पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ । सुर्य गौतम, […]
निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने मौका पाएपछि कुस्त कमाइहाल्नुपर्ने रोगका कारण निजामती क्षेत्र कसरी रसातालमा भासिदैंछ,केही उदाहरण हेरौं जस्तो : सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव जैसी अनि अर्काे विश्वराज मरासिनी । यी दुबै स्थानीय तहका ’डन’ कर्मचारी थिए […]
डेढ करोड अकुत आर्जनमा मुछिएका इञ्जिनियरले मुद्धा चलेको ११ महिना पछि सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष असार ७ गते गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ […]
रसुवा जिल्लाका ५ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु १ अर्व ९ करोड ८४ लाख अनुदान बजेट पाउने भएका छन् । जिल्लाका पाँच गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष ८१/ ८२ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक शीर्षकमा यो बजेट पाउने भएका हुन । पाँच पालिकामध्ये सबैभन्दा धेरै अनुदान उत्तरगया गाउँपालिकाले पाउने छ […]
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको स्थायी जागिर खाएर भीमकुमार डिसी विरुद्ध अख्तियारले अवकाश पछि भ्रष्टाचार मुद्दा दायर गरेको छ । दाङमा अवस्थित श्री प्राथमिक विद्यालय, गलटाकुरी, कौवाघारी, तत्कालीन शिक्षक भीमकुमार डीसीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य […]
यस अघि विवाद र फण्डामा मुछिएका कर्मचारीलाई थन्काइने ठाउँ थियो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह तर पावर र पहुँच भएका कर्मचारीहरु बदनामीमा मुछिए पनि उनीहरु सामान्य प्रशासन होइन,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा हाजिर गर्दै आएका छन् ।जहाँ बस्यो सोही कार्यालयमा विवाद र बदनामीमा मुछिएका एक हाकिमलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]
पदमा बहाल रहँदा एक व्यवसायीक घरानासँग ३० हजार डलर घुस मागेको आरोप लागेका एक पूर्व हाकिमलाई तीस दिनभित्र बयान दिनका लागि अख्तियारमा उपस्थित हुन सार्वजनिक सूचना निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक तथा चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्णलाई उपस्थित हुन ३० दिने सार्वजनिक सूचना जारी गरेको हो । ०७६ सालमै […]
अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागमनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन […]