जेन जी आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सवारी साधन र भौतिक क्षतिका साथैं विभिन्न कागजात जलेर खरानी भए पनि भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको जनाइएको छ ।
गत २४ गते भएको प्रदर्शनको क्रममा साँझ प्रदर्शनकारीहरुले टंगालस्थित केन्द्रिय कार्यालयमा तोडफोड र आगजनी गरी कार्यालयका १५ गाडी, ७४ मोटरसाइकल र २ वटा बसमा आगजनी र तोडफोड गरेका र कोठा कोठामा पुगेर तोडफोड गरे पनि भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको अख्तियारले जनाएको छ।
बिज्ञापन
सिंहदरबार र सर्वोच्च अदालतका भ्रष्टाचारका प्रमाणहरू आगलागीबाट पूर्णत नष्ट भए पनि अख्तियारमा भ्रष्टाचारको फाइलहरु सुरक्षित रहेको अख्तियार स्रोतले जनाएको छ ।
बिज्ञापन
आन्दोलनकारीहरूले अख्तियारका शाखा कार्यालयमा समेत क्षति पुर्याएका छन्। अख्तियारको पोखरास्थित कार्यालयलाई ध्वस्तै पारेका छन्। हेटौँडा कार्यालय र इटहरी कार्यालय पनि तहसनहस पारेका छन्। हेटौँडा कार्यालय ७५ प्रतिशत क्षति भएको र बर्दिवास, सुर्खेत, नेपालगञ्ज र महेन्द्रनगरको कार्यालयमा सामान्य क्षति भएको अख्तियारले जनाएको छ।