नेपाल प्रहरीका ४ प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरिएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) पदबाट प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा नियुक्ति भएका ४ जनाको पदस्थापन गरिएको हो । गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।त्यस्तै ३ एसपीको काज सरूवा गरिएको छ । को कहाँ पुगे ?

भ्रष्टाचार मुद्धा लागेर तीन वटा नगरपालिकाको प्रमुख उपप्रमुख निलम्बनमा परेका छन् । यही महिनामात्र गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र उपमेयर मुना नेपालसहितका १४ विरुद्ध भ्रष्टाचार मुद्धा चलेर उनीहरु निलँम्बनमा छन् । यस्तै बाग्मती गाउँपालिकाको मेयर,उपमेयर नै भ्रष्टाचार मुद्धामा परेर निलम्बनमा परेका छन् । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख र उपप्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि […]

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगले पछिल्ला पाँच वर्षमा १५४ जना  जिल्ला न्यायाधीशका लागि विज्ञापन खोल्यो, आवेदन दिनेको संख्या १० गुणा तर उत्तीर्ण हुनेको संख्या भने मागको […]

कर्मचारी छान्ने नेपालको परीक्षा प्रणाली र नियुक्ति कतिसम्म उदेकलाग्दो छ भने, उत्तीर्ण हुनेले मौका पाउँदैनन्, अनुत्तीर्ण हुनेहरू धमाधम कालोकोटमा सजिन्छन् । न्याय सेवा आयोगले पछिल्ला पाँच वर्षमा १५४ जना  जिल्ला न्यायाधीशका लागि विज्ञापन खोल्यो, आवेदन दिनेको संख्या १० गुणा तर उत्तीर्ण हुनेको संख्या भने मागको आधा मात्र । यस पटक पनि त्यस्तै देखिएको छ, ४३ […]

न्याय सेवा आयोगले एकै पटक १५१ कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा सरुवा गरेको छ । त्यस्तै वीरगञ्जको […]

कार्यालय समय अघि वा पछि कामको प्रोत्साहन भत्ता खोज्दै संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलित भएका छन् । संविधानसभा अवधिभर ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउँदै आएको कर्मचारीहरुले कोभिड पछि सुख्खा तलबका भरमा काम गर्न विवश छन् । समितिका बैठकहरु बिहान कार्यालय समय भन्दा अगाडि शुरु हुन्छन्,अनि कुनै कुनै बैठकहरु साँझ कार्यालय समयभन्दा धेरै लामो समयसम्म चल्दछ […]

ठेकेदारबाट बैंक खातामै घुस खाने इञ्जिनियरलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै ६ बर्ष कैद सजाय सुनाइएको छ । ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा लिएका लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गर्दै ६ बर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका […]

एउटा शहरीमन्त्री छँदा बदमासी गरेको भनेर कारबाहीस्वरूप सरुवा । अनि अर्काे मन्त्री आउँदाचाहिँ तिनै कर्मचारी पुरस्कृत, पुनः सोही आयोजनाको हर्ताकर्ता । रमाइलोचाहिँ दुवै मन्त्री एकै पार्टीका । मेटमणी चौधरी शहरी विकास मन्त्री हुँदा कारवाहीस्वरुप त्यहाँबाट तानिएर सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएका सहसचिव रविन्द्र बोहरा, अहिले सोही पार्टीका धनबहादुर बूढा मन्त्री हुँदा सोही आयोजना प्रमुखको जिम्मेवारी […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसेवक कर्मचारीहरुलाई हस भइहाल्छ भन्नेमात्र नभएर नतिजामुखी काम गर्न चेतावनी दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन । ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा […]

गत जेठ १४ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका कमल भट्टराईले दुई साता पछि झण्डै साढे आठ करोड बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गराएका छन् । सरकारले निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी वरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईलाई दिएर जेठ दोश्रो साता त्यता खटाएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।