काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो । यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको […]

नेपाली सेनाका महासेनानी(कर्णेल) दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे। ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो’ केसीले  भने । मल्ल संयुक्त राष्ट्र संघको स्थायी नियोगमा कार्यरत […]

राजश्व अनुसन्धान विभागले विद्युतीय गाडी बिवाईडी बिक्री गर्ने साइमेक्स इंक कम्पनीमा छापा मारेको छ । भन्सार छली गरेर गाडी भित्र्याउने सूचनाका आधारमा विभागले कम्पनीमा छापा मारेको हो । कम्पनीमाथि भन्सार र अन्तशुल्क छली गर्न विद्युतीय गाडीको किलोवाट क्षमता घटाएर भन्सार घोषणा गरेको आरोप छ ।कम्पनीमा छापा मारेको राजश्व विभागले कम्पनीका सम्पूर्ण कागजात जफत गरेको छ […]

संघीय संसदका कर्मचारीहरुले आन्दोलनको स्वरुप फेरेका छन् । चौरमा भेला भएर हातमा कालोपट्टी बाँधेर साता दिनदेखि आन्दोलन गर्दै आएका कर्मचारीहरुले बुधबार आन्दोलनको स्वरुप फेरेका हुन । कार्यालय समयभन्दा अघि वा पछि काम गरेको अतिरिक्त भत्ता खोजेर आन्दोलन गरिरहेका कर्मचारीका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा […]

विशेष अदालतले तीन अधिकृतसहित सात जनालाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई ८ वर्षका दरले कैद सजाय तोकेको हो । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, […]

विशेष अदालतले शाखा अधिकृतलाई भ्रष्टाचार मुद्धामा क्लिन चिट दिएसँगै अख्तियार मुद्धा पुनरावेदनको माग राखेर सर्वाेच्च पुगेको छ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियासहित २ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफ्ना पार्टीका मन्त्रीलाई कर्मचारीले जातेपिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका छन् । आज  प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेट विनियोजनमा छलफल गर्दै सांसद ढकालले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले जाँते पिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका हुन । ‘हाम्रो मन्त्रीलाई पनि त्यहाँका कर्मचारी साथीहरूले जाँतेपिङ […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले इच्छा देखाएका छन् । यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल भष्ट्रचारको मुद्दामा दोषी ठहरसँगै सरकारले उनलाई पदबाट बर्खास्त गरेसँगै त्यहाँ नियुक्तिका लागि गत जेठ तेश्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त मागेको थियो । ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेकाले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको थियो ।  […]

युएन ह्याबिट्याट २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै ७५ करोड मानिसहरू घरबार बिहिन छन्। यो सङ्ख्या २०५० सम्म झन्डै साढे छ अर्बको हाराहारीमा पुग्ने अनुमान गरिएको छ। जि सेभेनकाे हालैको बैठकमा अफ्रिकन देशबाट युरोपको आप्रवासन र अव्यवस्थित जनसङ्ख्या रोक्ने मुख्य एजेण्डा रह्यो। नेपालमा झण्डै १२ लाख परिवारले अव्यवस्थित भएको र ३ लाख परिवारले सुकुम्बासी र भूमिहीन […]

सांसदहरुले स्थानीय सेवाका कर्मचारहिरुलाई पनि निजामतीभित्र समेट्न माग गरेका छन् । विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई समेत निजामती सेवाभित्र समेट्न माग […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।