सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा ठाकुर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ। फूलपातीको अघिल्लो दिन बसेको मन्त्रिपरिषद्को बैठकले सात जना सहसचिवहरुको सरुवा गर्दा ठाकुरलाई अर्थ मन्त्रालयमा लगिएको थियो ।

बिज्ञापन

गत असोज १२ मा बसेको क्याविनेटले सहसचिव तीर्थ भट्टराई र छवि रिजाललाई सामान्यको बरण्डामा थन्काउँदा सामान्यबाट रुद्रसिंह तामाङलाई कुलमान घिसिङले कमाण्ड गरिरहेको ऊर्जा मन्त्रालयमा लगिएको छ भने कुलमानलाई कासमूमा शून्य अंक दिनेमध्येका एक शम्भुप्रसाद मरासिनीलाई उद्योग मन्त्रालय, सञ्चारका प्रवक्ता गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा लगिएको थियो । यस्तै सा्े सरुवामा जीवलाल भुसाललाई कृषि मन्त्रालय र छविन्द्र पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो ।

बिज्ञापन

अर्थ मन्त्रालय मातहत पठाइएका ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको हो । यस अघि झण्डै आठ बर्ष यो विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको थियो । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेसँगै सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई अर्थ र गृह मातहत राष्ट्रिय अनुसन्धान विभागलाई ल्याइएको थियो ।
यस अघि सम्पत्ति शुद्धीकरणमा रहेका सुमन दाहाल अर्थ मन्त्रालयमा सरुवा भएसँगै रिक्त रहेको उक्त विभागमा ठाकुरलाई खटाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष