प्रशासन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण रिटको आज सुनुवाइका लागि न्यायधीशद्धय सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको इजलाश तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट आज न्यायधीशद्धय सपना मल्ल प्रधान र शारङ्गा सुवेदीले हेर्ने भएका हुन । […]
पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी फेरि राजदूत बन्ने भएका छन् । सरकारले गत जेठ २४ गते काँग्रेसी कोटाबाट नियुक्त भएका ११ देशको राजदूत फिर्ता बोलाएको थियो । भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएर ती ठाउँमा यस अघि राजदूत बनिसकेका युवराज खतिवडा, लोकदर्शन […]
सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेसँगै आजै नियुक्तिको तयारी चलेको छ ।राजदूत नियुक्ति लगायतका एजेण्डासहित आज अपरानह चार बजे क्याविनेट बैठक बोलाइएको छ । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा क्याविनेट बैठक डाकिएको हो । बैठकले विभिन्न ११ देशमा […]
मन्त्री छन्,स्टण्डबाज,इमान र आर्दशका ठूला कुरा गर्ने तर कर्मचारीहरु भटाभट भित्रिरहेका छन्,भ्रष्टाचार र अनियमिततामा डामिएकाहरु । यस्तो दृश्य देख्न पाइन्छ गृह मन्त्रालयमा । हालैमात्र गृहमा ५० लाख घुस काण्डमा डामिएका एक सहसचिवले इन्ट्री पाएका छन्,उनी हुन लालबाबु कवारी । उनी सिराहाको सिडिओ हुँदा उनी जोडिएको ५० लाख घुसकाण्डमा परेका अडियो गृह मन्त्रालयमा पुग्यो । त्यहाँबाट […]
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटबाटै ५० करोडको हिसाब गोलमाल भएसँगै तनाव निस्किएको छ । गत असार १ गते गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि झण्डै ३३ अर्बको ४२ करोडको बजेट सार्वजनिक गरेको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । चालु खर्च […]
आर्थिक बर्षको अन्त्य,धमाधम चेक काट्नुपर्ने समय तर लेखाका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत्र अन्तिम साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे जेल जीवन बिताइरहेका छन् । टेरामेक्स प्रकरणमा मुख्यसचिवदेखि विनोद सिंह लगायतका सचिव नै जोडिरहेको समयमा अर्काे सचिव किरण शर्मा अनुसन्धानमा तानिएका छन् । उनीसँग अमेरिकाको पिआर रहेको सार्वजनिक भएसँगै शर्मा अनुसन्धानमा तानिएका हुन । नेपालको संविधानले नै विदेशको पिआर लिएका व्यक्ति सरकारी सेवाका लागि अयोग्य ठहर गर्दछ तर संविधानको […]
पछिल्ला समय कस्ता कस्ता व्यक्तिले राजनीतिक नियुक्ति पाउँदैछन् भन्ने दुईवटामात्र उदाहरण हेरौं :- अहिले धितोपत्र वोर्डको अध्यक्षको नियुक्तिका कारण प्रचण्ड सरकार आलोचित छ । अर्बाैको चलखेल चलिरहेको बिषय अहिले कर्पोरेट क्षेत्रमा व्यापक चर्चाको बिषय बनिरहेको छ । यही सरकारले गत साता दुई वटा विवादित व्यक्तिलाई नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । एक जनालाई संवैद्यानिक निकाय […]
विशेष अदालतले पूर्व राजपरिवारका ज्वाइँ स्वर्गीय कुमार खड्गविक्रम शाहको नाममा आएको जनकपुरको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका ३१ जनालाई सफाइ दिएको छ । बुधबार न्यायाधीश टेकनारायण कुँबर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई सफाइ दिँदै उक्त जग्गा फिल्डवुक समेतमा सरकारी कायम भएको देखिएको भन्दै पुनः सरकारकै नाममा आउने फैसला सुनाएको हो । […]
संघीय निजामती सेवा विद्येयक उपर छलफल अघि बढ्न सकेको छैन । गत २ असारमा राखिएको बैठक एनजीओले खाजा प्रायोजन गरिदिएका कारण भाँडिएको थियो । बल्लतल्ल संसदबाट राज्यवस्था तथा सुशासन समितिमा पुगेको उक्त विद्येयकको पहिलो छलफल नै भाँडिएपछिको अर्काे छलफल अझैं टुंगो लाग्न सकेको छैन । ‘जात फाल्नु गहतको झोल’मा भनेझैं रमिता देखाइदिए संसदीय समितिले । […]