निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ ।
बिज्ञापन
अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई असुविधा भएकाले अस्पतालमा प्रवेशमा रोक लागएको हो ।
बिज्ञापन
अस्पताल प्रशासनका अनुसार मेडिकल प्रतिनिधिहरूको यस्तो गतिविधिले अस्पतालको संवेदनशील वातावरणमा नकारात्मक असर परेको छ ।
‘अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका प्रतिनिधिहरू आएर यस्ता कार्य गरेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ,’ जारी सुचनामा भनिएको छ ।
बिज्ञापन