प्रशासन
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । नियमित बैठक अन्तर्गत आज मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्न लागेको हो । आजको बैठकले मुख्य सचिव नियुक्त गर्न सक्ने बताइएको छ । बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै खाली भएको मुख्य सचिवमा तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेलको नाम चर्चामा रहेको […]
लोकसेवा आयोगले आइतबार उपसचिव तहको नियुक्तिका लागि ४३ जनालाई सिफारिस गरेको छ । नियुक्तिका लागि सिफारिस भएकामा नेपाल न्याय सेवा, न्याय समूहः ७ जना,नेपाल न्याय सेवा, कानून समूहः २ जना,न्याय सेवा, सरकारी वकिल समूहः ३ जना,नेपाल परराष्ट्र सेवाः १ जना नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहः १९ जना,नेपाल प्रशासन सेवा, लेखा समूहः ६ जना,नेपाल प्रशासन […]
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त भएका छन् ।यसअघिका सदस्य सचिव शरदचन्द्र अधिकारीले पदावधि सकिनु अगावै राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले सदस्य सचिवमा सुवेदीलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्य सचिव सुवेदीले गैंडामा विद्यावारिधि गरेका छन् । कोषमा यसअघि उनी निर्देशकको रूपमा कार्यरत रहेको कोषका […]
अवकाशको दुई महिना पछि सचिव सुरेश अचार्यले अर्काे सरकारी जिम्मेवारी पाउने भएका छन् । गत वैशाख १७ मा सेवाहदका कारण अनिवार्य अवकाशमा गएका तत्कालीन शिक्षा सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरिएको छ । प्रतिनिधि सभाको सचिवको रुपमा कार्यरत पद्यमप्रसाद पाण्डे महासचिव भएसँगै रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा पूर्व सचिव सुरेश आचार्यलाई नियुक्तिका लागि […]
विषय प्रवेश अहिले देशभर मौसम सक्रिय भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । बाढी पहिरोबाट बर्षेनी ठुलो जनधनको क्षती भइरहेको छ ।यसपालीको बर्षा शूरुभइसक्दा विपद् व्यवस्थापनमा हाम्रो जती पुर्व तयारी हुनु पर्ने हो त्यो पर्याप्त भने छैन । विपद बाजा वजाएर आउने नभई कुन वेला कहाँ कस्तो क्षती पुरयाउँछ भन्ने कुरा सहजै अनुमान […]
भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित सात जनाले सफाइ पाएका छन् । हाइटेक नर्सरी निर्माणमा ८४ लाख अनियमितताको अभियोग लागेका सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसी वडा नम्बर ५ का तत्कालीन वडाअध्यक्ष मोहनकुमार बि.सी. लगायतले बिशेष अदालतबाट आइतबार सफाइ पाएका हुन् । डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, तत्कालीन सहायक […]
रसुवा र नुवाकोट जिल्लामा बाँकी रहेको बिर्ता समस्या समाधानको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीसँग भेटी समस्या समाधान गर्न अनुरोध गरियो । असार १६ गते मन्त्रालयमा जिल्ला भूमि अधिकार मञ्च, रसुवा र नुवाकोटको संयुक्त आयोजनामा भएको डेलिगेसनमा बागमती प्रदेश सभा सदस्य इन्द्र गोतामे ‘जगतजंग’, संविधानसभा सदस्य जनार्दन ढकाल, जिल्ला समन्वय […]
काठमाडौँ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो । पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दा नं.०८०-सिआर-०१२६ नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझाका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस-रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेको बाँकेको डुडुवा गाउँपालिका–१६, का मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । आयोगको नेपालगञ्जबाट खटिएको टोलीले गत माघ ११ गते सब–डिभिजन वन कार्यालय, राँझाका तत्कालिन सहायक वन अधिकृत नारायण पार्धेलाई […]
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन असिस्टेन्ट सुकबहादुर तामाङविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार तामाङको एसएलसीको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । उनले काठमाडौंको रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र […]