चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद सुवेदीले पदभार सम्हालेको चार महिनामै उल्लेखनीय ३२ काम सम्पन्न गरेका छन् । २०८२ असार ९ गतेदेखि जिल्ला नेतृत्व सम्हालेका सुवेदीले असारदेखि आश्विन मसान्तसम्म प्रशासनिक, सामाजिक, सांस्कृतिक र सेवा प्रवाहका क्षेत्रमा सुधारात्मक कार्यमार्फत कार्यालयलाई सक्रिय र जनमैत्री मोडमा ल्याएका छन्।

बिज्ञापन

 

बिज्ञापन

उनको नेतृत्वमा विद्युतीय हाजिरीको पूर्ण कार्यान्वयन हुँदै कार्यालय अनुशासन र उपस्थितिमा सुधार आएको छ। त्यस्तै वार्षिक र त्रैमासिक समीक्षा नियमित गर्ने प्रणाली सुरु गरिएको छ, जसले कामको प्रभावकारिता बढाएको छ।

 

बिज्ञापन

सुवेदीको नेतृत्वमा कर्मचारी प्रोत्साहन र सम्मानको संस्कृति पनि सुरु गरिएको छ। असारमा एक र असोजमा तीन जना कर्मचारीलाई सम्मान गरिएको छ। हरेक मंगलबार सामूहिक स्वजागरण साधना र हरेक शुक्रबार कार्यालय सरसफाइको अभ्यासले कार्यालयमा सकारात्मक वातावरण सिर्जना गरेको छ।

 

कार्यालयको वेभसाइट र अफिसियल फेसबुक पेज सक्रिय बनाइएको छ भने CPAS स्कोरमा सुधार गरी कार्यालयले उल्लेखनीय प्रगति देखाएको छ—त्रैमासिकमा ४८औं स्थानबाट २५औं स्थानमा उक्लिँदै वार्षिक स्कोर ४२/७७ कायम गरेको छ।

 

सुवेदीले सुरु गरेको राउण्ड टेबल छलफल र सामूहिक सिकाइ कार्यक्रम मार्फत कर्मचारीबीच अनुभव आदानप्रदान र नीति–कार्यन्वयनमा सुधार आएको छ। वेरुजु फछौटमा पनि उल्लेखनीय प्रगति हुँदै २०८१/८२ मा ४२ लाख र २०८२/८३ को पहिलो त्रैमासिकमा मात्र १९ हजार रूपैयाँ वेरुजु बाँकी रहेको छ।

 

सूचनाको हक सम्बन्धी कानुनको कार्यान्वयनमा सुधार ल्याउँदै प्रमुख सूचना आयुक्तको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिएको छ। त्यस्तै, अभिलेख व्यवस्थापन अभियानमार्फत अव्यवस्थित अभिलेखलाई व्यवस्थित गरिएको छ।

 

सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि कार्यालय सक्रिय बनेको छ। खलंगा, थारमारे र कपुरकोटमा साहित्यिक कार्यक्रम र कविता प्रतियोगिता आयोजना गरी सामाजिक जागरणमा टेवा दिइएको छ। निजामती सेवा दिवसमा व्याडमिन्टन प्रतियोगिता र उत्कृष्ट कार्यालय सम्मान कार्यक्रमले कर्मचारीबीच उत्साह थपेको छ।

 

सेवा प्रवाहमा सहजीकरणका लागि ‘सेवा सहजकर्ता’ प्रयोग गरिएको छ भने ८३ वटै वडाबाट अनलाइन नागरिकता सिफारिस पूर्ण कार्यान्वयन भएको छ। नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिलाई ७ बुँदे प्रतिवद्धतापत्र बाचन गर्ने प्रथा सुरु गरिएको छ।

 

जेन–जी आन्दोलनका क्रममा जिल्लामा कुनै क्षति वा कैदी फरार घटना हुन नदिई शान्तिसुरक्षा कायम राखिएको छ। साथै, एक वडा कार्यालय र एक प्रहरी चौकीका लागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएका छन्।

 

प्रजिअ सुवेदीको समन्वयमा जिल्ला प्रहरी कार्यालयले सडक मर्मतदेखि वृद्धवृद्धा सम्मान र पुल निर्माणसम्मका सामाजिक काम अघि बढाएको छ भने सशस्त्र प्रहरीले अग्नि नियन्त्रण सम्बन्धी डेमो प्रस्तुत गरेको छ।

 

वैदेशिक रोजगारी ठगीसम्बन्धी उजुरीमा कारबाहीलाई प्राथमिकता दिइएको छ। राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि स्थलगत सेवा काउण्टर स्थापना र साना त्रुटी सच्याउने तालिममार्फत सेवा अझ नजिक पुर्‍याइएको छ।

 

संस्कृति संरक्षणका लागि कृष्णाष्टमीमा भजन कार्यक्रम र दशैँ–तिहारमा पिङ सञ्चालन गरिएको छ। राहदानी प्रक्रिया सहज पार्दै आवश्यक कागजात सेवाग्राहीलाई नै फिर्ता गर्ने प्रथा सुरु गरिएको छ।

 

विपद् व्यवस्थापनका क्षेत्रमा पनि सुवेदी सक्रिय देखिएका छन्। आगलागी न्यूनीकरणका लागि वन उपभोक्ता समूहमार्फत उपकरण खरिद र सचेतना कार्यक्रम अघि बढाइएको छ। साथै, सडक विस्तार तथा निर्माणसम्बन्धी कार्यको अनुगमन र समन्वयमा तिव्रता दिइएको छ।

 

चार महिनामै ३२ ठोस काम प्रस्तुत गरेर प्रजिअ नेत्रप्रसाद सुवेदीले सल्यानमा प्रशासनिक सेवा सुधार, पारदर्शिता, र नागरिकमैत्री शासनको सशक्त उदाहरण पेश गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

ललितपुर,भक्तपुरका सिडियोसहित ३६ सहसचिवको सरुवा

देशभरका ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, गृह मन्त्रालयले तोक्यो नयाँ जिम्मेवारी

ती संगीता,यी गणपति र खगेन्द्र

सुशीलाका क्याविनेटमा तीन पूर्व कर्मचारी

अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

बिशेष