अब को होला २९ औं मुख्य सचिव ?

आगामी मंसिर दोस्रो साता मुख्य सचिव एकनारायण अर्याल कार्यकाल सकिएर घर फर्कदैछन् । २८ औं मुख्य सचिवको रुपमा गत १३ भदौं २०८१ मा मुख्य सचिवको कुर्सीमा पुगेका अर्याल यही मंसिर १२ पछि अनिवार्य अवकाशमा जान लागेका हुन ।

बिज्ञापन

०४६ माघ ४ गते निजामती सेवामा नासुबाट सेवा प्रवेश गरेका अर्याल ३५ वर्षपछि त्यसैको उच्च पद मुख्य सचिव नियुक्त भएका भएका थिए,८० भदौं १३ गते । १४ महिना मुख्यसचिवको जिम्मेवारीबाट उनी विदा हुन लागेका हुन,उमेर हदका कारण । ०५१ फागुन ४ गते शाखा अधिकृत,५८ माघ ६ गते उपसचिव, त्यसको ९ वर्षपछि २०६७ फागुन १९ गते सहसचिव,०७६ फागुन १८ गते उनी सचिवमा बढुवा भएका अर्याल सचिव बनेको पाँच बर्ष पछि मुख्य सचिव बनेका थिए ।

बिज्ञापन

मुख्य सचिव पदमा पुगेपछि उनका केही विवाहरु बाहिरिए । कुलिङ पिरियडमा चलखेल,रवि लामिछानेलाई कारागारबाट छुटाउन भूमिका निर्वाह गरेकोदेखि आफ्नो छोरीलाई नेपाल वायु सेवा निगममा नियुक्ति दिलाएको बिषय विवादमा मुछिएका उनी अवको महिना दिन पछि अनिवार्य अवकाशमा जाँदैछन् । ५८ बर्षे उमेरहदका कारण उनी अवकाशमा जान लागेसँगै अवको मुख्य सचिव को होला ? निजामती वृत्तमा चासो र चर्चाको बिषय बन्न पुगेको छ ।

उनी पछि मुख्य सचिव होला ? एकनारायण अर्याल र गोकर्णमणि दुवाडी एकै दिन अवकाशमा जाँदैछन् । गोकर्णमणि दुवाडी जेनजीको आन्दोलन पछि भएको जनधनको क्षती पुग्नुमा दोषी रहेको भन्दै अनुसन्धानको दायरामा छन् ।उनलाई वैदेशिक भ्रमणमा अझैं पनि रोक लगाइएको छ । हाल बरिष्ठताको आधारमा सुमन अर्याल, रामप्रसाद घिमिरे, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर, किरणराज शर्मा, हरि मैनाली, डिल्लीराम शर्मा, गोपाल सिग्देल, राजकुमार श्रेष्ठ, रबिलाल पन्थ,कृष्ण राउत, रामेश्वर दंगाल र मुकुन्द निरौला रहेका छन् । यीनै मध्येका एक मुख्य सचिव नियुक्त हुने छन् ।

बिज्ञापन

 बरिष्ठताका आधारमा अगाडि रहेका गोकर्णमणि मुख्य सचिव बन्ने बाटो व्लक भइसकेको बताइएको छ ।  निजामती सेवा ऐन, २०४९ मा बहालवाला सचिवहरू मध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको छनौट गरी मुख्य सचिवमा बढुवा गर्न सक्ने ब्यवस्था गरेको छ । जसमा कार्यक्षमता भन्नाले कार्यसम्पादन मूल्यांकन, हालको श्रेणीमा जेष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता र तालिम बुझ्नु पर्दछ । यसै दफालाई आधार मानेर मुख्य सचिव पदमा बढुवा भएको मानिनु पर्ने हुन्छ । तर मुख्य सचिव पदमा नियुक्तिका लागि कहिले जेष्ठतालाई त कहिले कार्यकुशलतालाई आधार मान्ने गरेको देखिन्छ । मूलत जो सचिव प्रधानमन्त्री तथा सरकारको नजरमा परेको छ, त्यो नै मुख्य सचिवका लागि उपर्युक्त उम्मेदवार हुन थालेको देखिन्छ । फलस्वरुप मुख्य सचिव पदबाट बाहिरिएकाले राजिनामा गर्न थालेका छन् । जस्तो विमलप्रसाद कोइराला मुख्य सचिव बनाउँदा उनीभन्दा जेष्ठ केही सचिवहरुले राजिनामा गरे। माधवप्रसाद घिमिरेलाई मुख्य सचिवमा नियुक्ति गरिएपछि केहीले सचिवले विरोध जनाए, केही राजिनामा गरे । लीलामणि पौड्याललाई मुख्य सचिव बनाइँदा होस वा अहिलेका मुख्य सचिव एकनारायण अर्याललाई नियुक्ति गर्दा उनीभन्दा सिनियर अरु तीन सचिवलाई छोडेर बरियतामा चौथौं नम्बरका व्यक्तिलाई मुख्य सचिव नियुक्त गरिएको थियो ।

मुख्य सचिव नियुक्ति सरकारको तजबिजीमा हुने भएको हुँदा अहिलेका रक्षा सचिव सुमनराज अर्यालको नाम अलि बढी चर्चामा छ निजामती वृत्तमा कारण कुनै समय उनी अर्थ सचिव रहेका रामेश्वर खनालसँग निकट रहेर काम गरेका प्रशासक हुन ।  मुख्य सचिव एकनारायण अर्याल निकट स्रोतका अनुसार उनीले अवकाशको तीन साता अगावै बिदामा बस्ने योजना बनाएका छन् । कंथ अर्याल बिदामा बसेको खण्डमा अहिले प्रम कार्यालयमा रहेका बरिष्ठ सचिवमध्येबाट  राजकुमार श्रेष्ठ निमित्त मुख्य सचिव बन्नेछन् ।

डा गोविन्दबहादुर कार्कीलाई निमित्त मुख्यसचिव बनाइने र मंसिर १२ गते रिक्त हुने मुख्यसचिव पदमा रक्षा मन्त्रालयका सचिव डा सुमन अर्याललाई नियुक्ति हुन सक्ने बताइएको छ कारण अर्याल र अर्थ सचिव रामेश्वर खनालको विगतको ट्युनिङ ।

अर्थमन्त्रालयमा कार्यरत रही सचिव हुँदासम्म अर्याल उनका निकट रहेर काम गरेकाले खनालले उनलाई मुख्यसचिव बनाउने सम्भवना रहेको प्रशासन वृत्तमा चर्चा छ । सचिव बढुवा भएपछि कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयमा कार्यरत रहेका हुन्।उनैले बाजी मार्ने प्रवल सम्भवना रहेको कर्मचारीहरु बताउँछन् । यस्का अलवा दक्षिणी र पश्चिमा दुतावाससँग अत्यन्त राम्रो सम्बन्ध रहेको र त्यहाँका विश्वास पात्रका रुपमा कर्मचारी वृत्तमा चिनिएका अर्काे पात्रले बाजी मारे अनौठो नमाने हुन्छ भन्नेहरु पनि छन्,निजामतीमा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म्यान्डेट बिर्सिएर अर्थहीन काममा अल्झिरहेछ सुशीला सरकार

डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

अब को होला २९ औं मुख्य सचिव ?

सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

बिशेष