अब को होला २९ औं मुख्य सचिव ?

आगामी मंसिर दोस्रो साता मुख्य सचिव एकनारायण अर्याल कार्यकाल सकिएर घर फर्कदैछन् । २८ औं मुख्य सचिवको रुपमा गत १३ भदौं २०८१ मा मुख्य सचिवको कुर्सीमा पुगेका अर्याल यही मंसिर १२ पछि अनिवार्य अवकाशमा जान लागेका हुन ।

बिज्ञापन

०४६ माघ ४ गते निजामती सेवामा नासुबाट सेवा प्रवेश गरेका अर्याल ३५ वर्षपछि त्यसैको उच्च पद मुख्य सचिव नियुक्त भएका भएका थिए,८० भदौं १३ गते । १४ महिना मुख्यसचिवको जिम्मेवारीबाट उनी विदा हुन लागेका हुन,उमेर हदका कारण । ०५१ फागुन ४ गते शाखा अधिकृत,५८ माघ ६ गते उपसचिव, त्यसको ९ वर्षपछि २०६७ फागुन १९ गते सहसचिव,०७६ फागुन १८ गते उनी सचिवमा बढुवा भएका अर्याल सचिव बनेको पाँच बर्ष पछि मुख्य सचिव बनेका थिए ।

बिज्ञापन

मुख्य सचिव पदमा पुगेपछि उनका केही विवाहरु बाहिरिए । कुलिङ पिरियडमा चलखेल,रवि लामिछानेलाई कारागारबाट छुटाउन भूमिका निर्वाह गरेकोदेखि आफ्नो छोरीलाई नेपाल वायु सेवा निगममा नियुक्ति दिलाएको बिषय विवादमा मुछिएका उनी अवको महिना दिन पछि अनिवार्य अवकाशमा जाँदैछन् । ५८ बर्षे उमेरहदका कारण उनी अवकाशमा जान लागेसँगै अवको मुख्य सचिव को होला ? निजामती वृत्तमा चासो र चर्चाको बिषय बन्न पुगेको छ ।

उनी पछि मुख्य सचिव होला ? एकनारायण अर्याल र गोकर्णमणि दुवाडी एकै दिन अवकाशमा जाँदैछन् । गोकर्णमणि दुवाडी जेनजीको आन्दोलन पछि भएको जनधनको क्षती पुग्नुमा दोषी रहेको भन्दै अनुसन्धानको दायरामा छन् ।उनलाई वैदेशिक भ्रमणमा अझैं पनि रोक लगाइएको छ । हाल बरिष्ठताको आधारमा सुमन अर्याल, रामप्रसाद घिमिरे, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर, किरणराज शर्मा, हरि मैनाली, डिल्लीराम शर्मा, गोपाल सिग्देल, राजकुमार श्रेष्ठ, रबिलाल पन्थ,कृष्ण राउत, रामेश्वर दंगाल र मुकुन्द निरौला रहेका छन् । यीनै मध्येका एक मुख्य सचिव नियुक्त हुने छन् ।

बिज्ञापन

 बरिष्ठताका आधारमा अगाडि रहेका गोकर्णमणि मुख्य सचिव बन्ने बाटो व्लक भइसकेको बताइएको छ ।  निजामती सेवा ऐन, २०४९ मा बहालवाला सचिवहरू मध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको छनौट गरी मुख्य सचिवमा बढुवा गर्न सक्ने ब्यवस्था गरेको छ । जसमा कार्यक्षमता भन्नाले कार्यसम्पादन मूल्यांकन, हालको श्रेणीमा जेष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता र तालिम बुझ्नु पर्दछ । यसै दफालाई आधार मानेर मुख्य सचिव पदमा बढुवा भएको मानिनु पर्ने हुन्छ । तर मुख्य सचिव पदमा नियुक्तिका लागि कहिले जेष्ठतालाई त कहिले कार्यकुशलतालाई आधार मान्ने गरेको देखिन्छ । मूलत जो सचिव प्रधानमन्त्री तथा सरकारको नजरमा परेको छ, त्यो नै मुख्य सचिवका लागि उपर्युक्त उम्मेदवार हुन थालेको देखिन्छ । फलस्वरुप मुख्य सचिव पदबाट बाहिरिएकाले राजिनामा गर्न थालेका छन् । जस्तो विमलप्रसाद कोइराला मुख्य सचिव बनाउँदा उनीभन्दा जेष्ठ केही सचिवहरुले राजिनामा गरे। माधवप्रसाद घिमिरेलाई मुख्य सचिवमा नियुक्ति गरिएपछि केहीले सचिवले विरोध जनाए, केही राजिनामा गरे । लीलामणि पौड्याललाई मुख्य सचिव बनाइँदा होस वा अहिलेका मुख्य सचिव एकनारायण अर्याललाई नियुक्ति गर्दा उनीभन्दा सिनियर अरु तीन सचिवलाई छोडेर बरियतामा चौथौं नम्बरका व्यक्तिलाई मुख्य सचिव नियुक्त गरिएको थियो ।

मुख्य सचिव नियुक्ति सरकारको तजबिजीमा हुने भएको हुँदा अहिलेका रक्षा सचिव सुमनराज अर्यालको नाम अलि बढी चर्चामा छ निजामती वृत्तमा कारण कुनै समय उनी अर्थ सचिव रहेका रामेश्वर खनालसँग निकट रहेर काम गरेका प्रशासक हुन ।  मुख्य सचिव एकनारायण अर्याल निकट स्रोतका अनुसार उनीले अवकाशको तीन साता अगावै बिदामा बस्ने योजना बनाएका छन् । कंथ अर्याल बिदामा बसेको खण्डमा अहिले प्रम कार्यालयमा रहेका बरिष्ठ सचिवमध्येबाट  राजकुमार श्रेष्ठ निमित्त मुख्य सचिव बन्नेछन् ।

डा गोविन्दबहादुर कार्कीलाई निमित्त मुख्यसचिव बनाइने र मंसिर १२ गते रिक्त हुने मुख्यसचिव पदमा रक्षा मन्त्रालयका सचिव डा सुमन अर्याललाई नियुक्ति हुन सक्ने बताइएको छ कारण अर्याल र अर्थ सचिव रामेश्वर खनालको विगतको ट्युनिङ ।

अर्थमन्त्रालयमा कार्यरत रही सचिव हुँदासम्म अर्याल उनका निकट रहेर काम गरेकाले खनालले उनलाई मुख्यसचिव बनाउने सम्भवना रहेको प्रशासन वृत्तमा चर्चा छ । सचिव बढुवा भएपछि कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयमा कार्यरत रहेका हुन्।उनैले बाजी मार्ने प्रवल सम्भवना रहेको कर्मचारीहरु बताउँछन् । यस्का अलवा दक्षिणी र पश्चिमा दुतावाससँग अत्यन्त राम्रो सम्बन्ध रहेको र त्यहाँका विश्वास पात्रका रुपमा कर्मचारी वृत्तमा चिनिएका अर्काे पात्रले बाजी मारे अनौठो नमाने हुन्छ भन्नेहरु पनि छन्,निजामतीमा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष