प्रशासन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले काम नगरी भुक्तानी दिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो । अख्तियारले मुद्धा चलाएकामा प्रमुख प्रशसकीय अधिकृत सहितका कर्मचारीहरु धनुषाको मिथिला बिहारी नगरपालिकाका हुन । विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै प्रमुख […]
सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले […]
पछिल्लो समय भ्रष्टाचार मुद्धाका कारण पाँच वटा पालिकाको प्रमुख र उपप्रमुख निलम्बित छन् । यस्तै भ्रष्टाचार मुद्धा ४७ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध यही आर्थिक बर्षमा मात्र भ्रष्टाचार मुद्धा चलेको छ । अख्तियारले भ्रष्टाचार मुद्धा चलाएका कारण यही आर्थिक बर्षमा बहालवाला ५ प्रमुख र ५ उपप्रमुख भ्रष्टाचार मुद्दामा निलम्बित छन् । बिहिबारमात्र अख्तियारले कटहरिया नगरपालिका मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित […]
गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले कर्मचारीहरुको सरुवाका लागि आफूले धेरै दबाब हुने महसुस गरेको बताएका छन् । कर्मचारी सरुवामा यतिधेरै दबाब र अप्ठेरो छ कि छोटो समयमा धेरै अनुभव गरेको छु । विधि, पद्धति र निश्चित मापदण्ड नहुँदा सरुवा भनसुनका आधारमा चल्ने काम भइरहेको समेत उनले बताए । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको […]
बिषय प्रवेश सङ्कठनको लक्ष्य प्राप्तिमा कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको भनी तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरिवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि सङ्गठनको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिने पद्धति हो । उद्देश्य प्राप्तिका लागि रहन सक्ने जोखिमको पहिचान गरी जोखिम व्यवस्थापन हुने गरी नियन्त्रणको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । गोदावरी नगरपालिकामाझैं बहालवाला मेयर,उपमेयर,प्रमुख प्रशासकीयविरुद्ध भ्रष्टाचार मुद्धा चलाएसँगै पालिका रिक्त भएको छ । अख्तियारले रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । मेयर अजय प्रकाश र उपप्रमुख रिता देवी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार […]
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ । गत असार २ गते संवैद्यानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सोसँगै संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । सुनुवाइ समितिमा चार वटा उजुरी परेको थियो । जसमा उजुरीकर्ताले गम्भीर बिषय प्रमाणसहित पेश गरेसँगै सुनुवाई […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले कर्मचारी सरुवा विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले विधि,पद्धति र मापदण्ड नहुँदा कर्मचारी सरुवामा समस्या भएको बताएका हुन । उनले ऐनको अभावमा कर्मचारी सरुवा भनसुनको आधारमा चल्ने गरेको,कर्मचारी मनलाग्दी ढंगले सरुवा हुने गरेकोले […]
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले पत्र पठाउँदै मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउन भनेको हो। अख्तियारमा परेको उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ। अख्तियारले […]