स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक संगीता कौशल मिश्र भ्रष्टाचार मुद्धा खेपिरहेको समयमा वर्तमान सचिव डा विकास देवकोटा र विभागका महानिर्देशक टंक बराकोटी सहितको टिम आइरन चक्की खरिद प्रकरणमा भएको बदमासीमा मुछिएका छन् ।
बिज्ञापन
स्वास्थ्य सेवा विभाग अन्तर्गत हुने अधिकांश खरिद मिलेमतोमा गरिदैं आएको छ । वर्तमान स्वास्थ्य सचिव विकास देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा अगाडि बढेका अधिकांश खरिद मिलेमतोमा अगाडि बढेको कर्मचारीहरु बताउँछन् । देवकोटाको बढुवासँगै उनी सचिव भएपछि महानिर्देशक बदलिएर टङ्क प्रसाद बाराकोटी विभाग प्रमुख भएका थिए। अहिले पनि उनी नै विभागमा छन्। बाराकोटी विभाग प्रमुख भएपछि मिलेमतोमा अगाडि बढेका केही खरिद प्रक्रिया रद्द गरेका थिए।
बिज्ञापन
सोही विभागले बजार मूल्यभन्दा दोब्बर बढी दरमा फोलिक एसिडसहितको आइरन चक्की (ट्याब्लेट) किन्न प्रक्रिया अगाडि बढाएसँगै फेरि विभागका महानिर्देशक,खरिद शाखा हेर्ने कर्मचारीका अलवा स्वास्थ्य सचिव समेत यो नेक्ससमा मुछिएका छन् । बजारमा ३७ पैसामा पाउन सकिने आइरन चक्कीलाई ९३ पैसा प्रति चक्की लागत अनुमान राखेर विभागले बोलपत्र आह्वान गरेको एक कर्मचारीले बताए । स्मरणीय छ विगतमा सोही विभागमार्फत खरिद गरिएका झन्डै ७ करोड चक्कीको डेट एक्पायर भएपछि विभागले नयाँ खरिद गर्न लागेको हो । खरिद गर्दा नै साढे ११ करोड बढी तिरिएको चक्की डेट एक्सपायर हुँदा ६ करोड ९ लाख रुपैयामा वालुवामा पानी खन्याझैं हावामा उडाइएको छ ।
विडमा प्रति वर्ष १२ करोड रूपैयाँको आइरन चक्की बेचेकै हुनुपर्ने भनेर पूर्व सर्त राखेर आफू निकटका सप्लायर्सलाई पोस्ने खेलोफडको अगाडि बढाइएपछि केही सप्लायर्सहरु असन्तृष्ट हुँदै सरोकारवाला निकाय गुहार्न पुगेका छन् ।
बिज्ञापन
उसो त देवकोटा तिनै कर्मचारी हुन,जो विभागका महानिर्देशक हुँदा दुई करोड ८६ लाखमा सात वटा ‘सी–आर्म’ मेसिन किन्ने प्रक्रियामा बदनियत देखिएको थियो । प्रतिगोटा २० लाख हाराहारी ‘सी–आर्म’ मेसिन विभागको महाशाखाले ४० लाख ८५ हजार भन्दा बढी मूल्यमा खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाउँदा समेत देवकोटा विवादमा तानिएका कर्मचारी हुन । डा देवकोटा महानिर्देशक हुँदा सेटिङ अनुसार नै अगाडि बढाइएको ‘सी–आर्म’ मेसिनको त्यही टेन्डर सेटिङलाई हालका महानिर्देशक डा टंक प्रसाद बाराकोटीले अनुमोदन गर्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छन ।
यस अघि खरिद गरिएको झण्डै सात करोडको आइरन चक्की खेर गएको थियो । अहिले फेरि विभागले आइरन चक्की खरिद प्रक्रिया अगाडि बढाएको छ । आइरन चक्की खरिद गर्न सेटिङमार्फत व्यवसायी मुकुन्द गौतमलाई दिन खोजिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
स्वास्थ्य व्यवसायी संघले अख्तियारमा दिएको उजुरीमा भनिएको छ, “असोज १४ गते स्वास्थ्य सेवा विभागले कृतिम अभाव खडा गरी एकैपटक २१ करोड ५० लाख आइरन चक्की खरिदको टेन्डर आह्वान गरेको छ ।” संघका अनुसार प्रदेश र जिल्लास्तरमा पनि यही शीर्षकमा बजेट विनियोजन भइसकेको अवस्थामा केन्द्रले पुनः ठुलो परिमाणको खरिद गर्न खोज्नु ‘मिलेमतो’को संकेत हो । संघले अख्तियारमा बुझाएको उजुरीमा भनिएको छ, “यो टेन्डर निश्चित व्यवसायीलाई फाइदा पुर्याउने उद्देश्यले आव्हान गरिएको छ, जसको पूर्व-योजना सचिव देवकोटा र विभागीय अधिकारीबीच बनेको हो ।”
औषधि उत्पादनमै संलग्न एक व्यवसायीका अनुसार टेन्डरको मापदण्ड नै मिलेमतोका लागि तयार गरिएको छ । उनका शब्दमा,“हामीकहाँ उत्पादन क्षमतायुक्त कम्पनीहरू प्रशस्त छन् । तर, विभागले ‘१५ करोड चक्की उत्पादन गरेको कम्पनी’ मात्र टेन्डरमा सहभागी हुन पाउने व्यवस्था गर्यो । यस्तो मापदण्डले ९५ प्रतिशत कम्पनीलाई बाहिर पार्ने र एक निश्चित कम्पनीलाई ठेक्का दिने बाटो खुलाउँछ,” उनले भने ।व्यवसायीहरूका अनुसार बजारमा एउटा आइरन चक्कीको मूल्य ३५–४० पैसा मात्र पर्छ, तर विभागले ३७ पैसामा पाउन सकिने आइरन चक्कीलाई ९३ पैसा प्रतिचक्कीको दर तोकेको छ । “यो फरक रकम नै करोडौँको कमिसनको स्रोत हो,” ती व्यवसायीले आरोप लगाए ।
सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
								 
                                 
                                 
                                 
                                 
                                