Author: कर्मचारी प्रेस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापना, सरुवा, काज सरुवा, काज फिर्ता गरिएका कर्मचारीलाई साता दिनभित्रमा रमाना लिन–दिन निर्देशनसहितको परिपत्र जारी गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई यस प्रकारका कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर ७ दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउनुपर्ने निर्णय गरेका […]
राजश्व अनुसन्धान विभागमा महानिर्देशकमा हालैमात्र नियुक्ति भएर गएकाछन् चण्डी घिमिरे । लामो समय उद्योगमा बसेका एमाले पार्टीसँग घनिष्ठ सम्बन्ध रहेका घिमिरे प्रतिष्प्रर्धी अन्य सहसचिवलाई पछि पार्दै राजश्वको अनुसन्धान विभागको कमाण्डर बन्न पुगेका हुन । तर त्यो विभागमा सहसचिव भन्दा उपसचिव शक्तिशाली रहेको चर्चा चल्न थालेको छ अहिले विभागकै कर्मचारीहरुबीच । चक्र बहादुर बूढा विभागको डिजी […]
लाहुरेभन्दा गुण्टाको फुर्फुर धेरै छ,सिंहदरबारतिर । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी भन्दा पावरफुल छन्,त्यहाँका स्वकीय र पिए । मन्त्री रमेश लेखकले आफ्नो भेगीय र तुलनात्मक रुपमा इमान्दार र क्षमतावान धर्मराज जोशीलाई सचिवालयमा राखेका थिए तर उनलाई अध्यागमनमा फालेर त्यहाँ अहिले बद्री तिवारी आइपुगेका छन् । उनै तिवारी कर्मचारी र प्रहरी प्रशासनको सरुवामा हावी […]
नेपाल प्रहरीका तीन जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको हो । जस अनुसार प्रहरी हेर्डक्वार्टरमा सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा खटाइएको छ भने दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल ल्याइएको छ । प्रहरीको […]
सर्वोच्च अदालतले कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुन बाटो खोलिदिएको छ । बृत्ति विकासमा असर परेको भन्दै कम्युटर अपरेटरबाट अधिकृतमा बढुवा भएका ८७ जना कर्मचारीहरुले नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै […]
सरकारले विभिन्न ४१५ पदमा पदपूर्तिको तयारी गरेको छ । उपसचिव र सहसचिव तहका ती पदमा पदपूर्तिको तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जनाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका गरी ४ सय १५ पदमा पदपूर्ति गर्ने तयारी भइरहेको जनाएका हुन । सेवाग्राहीको अत्याधिक […]
करार सेवाका कर्मचारी हटाउने बिषयमा उत्पन्न भएको विवाद सामाधान गर्न समिति गठन भएको छ । करार सेवामा कार्यरत रहेका २८ जना प्राविधिक कर्मचारीलाई हटाउने बिषयमा लफडा परिरहेको छ त्यहाँ । त्यहाँ १० इन्जिनियर तथा १८ जना सबइन्जिनियर करार सेवामा कार्यरत छन् । उनीहरुलाई लोकसेवा परीक्षा नै नलिइ स्थायी गरिएको थियो । त्यहाँ लोकसेवा आयोगले स्थायी […]
पूर्व सचिव शरदचन्द्र पौडेलले निर्णय गर्ने एक पछाडि अर्काे कर्मचारीलाई अख्तियारले मुद्धा चलाउँदै जाने तर कलम नचोप्ने,निर्णयबाट भाग्ने कर्मचारीलाई माथि उकाल्दै लैजाने हो भने निजामती प्रशासनै ध्वस्त हुने चिन्ता पोखेका छन् । सरकारी निकायमा बस्नेहरुले गर्ने काम भनेकै निर्णय गर्ने,सही गर्ने र कार्यन्वयन गर्ने हो । यो निर्णय गर्दा पैसा खायो भनेर आरोपित गर्दै जाने […]
पछिल्लो समय विविध सेवा (कम्युटर अधिकृत ) र प्रशासन सेवाका कर्मचारी बीचको द्धन्द सतहमा आएको छ । लोकसेवा आयोगले महिना दिन अगाडि एउटा विज्ञापन प्रकाशन गर्दै ९३ कर्मचारीको बढुवाको सूचना निकालेसँगै प्रशासन सेवाका कर्मचारीहरुले आफ्नो भाग खोस्न आएको भन्दै विविध सेवातर्फका कम्युटर अधिकृतहरुसँग टकराव शुरु भएको छ । यो प्रकरणमा सर्वाेच्च अदालतले समेत तिनै कम्युटर […]
महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन । प्रतिवेदनमा आर्थिक वर्ष २०८०/ ८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख […]