Author: कर्मचारी प्रेस
मन्त्रिपरिषद्को पुर्नगठनसँगै केही सचिवहरु फेरि भकुण्डो बन्ने भएका छन् । प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गरेको दोश्रो साता नै गृहका सचिव परिवर्तन भएका थिए । आज पुर्नगठित मन्त्रिपरिषद्को चौथो बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकिएको बैठकले अन्य निर्णयका साथै केही सचिवहरु समेत परिवर्तन गर्ने तयारी भइरहेको छ । आज बसेको […]
संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विद्येयक हुबहु पारित नहुने बताएका छन् । विद्येयक पास गर्ने सबालमा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको बताउँदै खतिवडाले संघीय निजामती ऐन पर्याप्त छलफल गरेर मात्र पारित हुने र विद्येयकका बिषयमा विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२२ को जनवरी ५ देखि जुन २२ सम्म गरेको अध्ययनले सडक दुर्घटनामा प्रति एक लाख जनामा १४ जना मानिसले ज्यान गुमाएको देखाएको छ। यो त अध्ययनले देखाएको तथ्य भयो तर हाम्रो देशमा यस्ता दुर्घटनाहरू हरेक दिन जस्तो भै रहेको पाईन्छ। यही चैत्रको ५ गते बाग्लुंगको निसी खोलामा भएको बस दुर्घटनामा […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विगतमा स्थानीय तहमा भएको कर्मचारी खटछनपटनप्रति असन्तृष्टि पोखेका छन् । मुलुक संघीयता प्रवेश गरेपछि तत्कालीन मन्त्री लालबाबु यादवको समयमा ०७६ चैतमा कर्मचारी समायोजन पूरा भएको घोषणा गरिएको थियो । त्यतिखेर मन्त्रालयले स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरेको जनाएको थियो । यस्तै प्रदेशमा […]
निजामतीमा लफडा छ, पाका र तन्नेरीहरूको । खरिदारबाटै सेवा प्रवेश गरेर सहसचिव भएका प्रशासकहरू चाहन्छन्, अतिरिक्त सचिवको व्यवस्था तर प्रदिप परियारको शैलीमा एकै पटक अधिकृतबाट सहसचिव बनेकाहरू यो व्यवस्था राख्न चाहँदैनन् । जनताको काम कम, पढेर एकै पटक माथि पुगेका प्रदिप परियार, भुपाल बराल, खुमराज कोइराला,उत्तर खत्री जस्ता टिम र अर्थ र प्रधानमन्त्री कार्यालयकै सहसचिवहरुको […]
मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मन्त्रीपरिषद्मा प्रश्न उठाउने बताएका छन् । मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोपबारे मन्त्रिपरिषद्मा प्रश्न उठाउने बताएका हुन् । उनले बुधबार संसद् […]
नेपाल सरकारका अधिकृतहरुले बृद्ध बृद्धा तथा असाहय कल्याण आश्रम, भगवाननगरलाई १ लाख ३० हजार १ सय ३५ रुपैंया सहयोग गरेका छन् । व्याट ३६ का अधिकृतहले पहिलो बार्षिकोत्सवको अवसरमा उक्त संस्थालाई सहयोग गरेका हुन । उक्त सहयोग रकम व्याट ३६ का शाखा अधिकृतको तर्फबाट कोष तथा लेखा नियन्त्रण कार्यलय, पर्साको लेखा अधिकृत मनिसा कुमारीले ठोरी […]
लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,प्रशासन,परराष्ट्र,न्याय सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार न्याय सेवा,न्याय उपसमूहतर्फ आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४२ जनामध्येबाट ३ जना छनौंट भएको आयोगले जनाएको छ । यस्तै,न्याय सेवा सरकारी वकिलसमूहतर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग […]
दुई महिना अगाडि नै शाखा अधिकृतबाट उपसचिवमा बढुवा सिफारिस भए ४४ कर्मचारी । बढुवाको सूची प्रकाशन भए पछि केही कर्मचारीहरु लोकसेवा आयोग पुगे,उजुरी बोकेर । सोही कारण बढुवा सिफारिस भएर पनि नियुक्ति लिन पाएका थिएनन् । तर आयोगले केही कैफियत नभेटे पछि सोही बढुवा सूची कायम भएको छ । गत माघ पहिलो साता बढुवा सिफारिस […]
गत बर्ष केन्द्र सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च कटौती गर्ने निर्णय गरेको थियो । संघ सरकारले गृहमन्त्री र सचिवको सुराकी खर्च खारेज गरे पनि मधेश प्रदेशमा भधने सुराकी खर्च लिइरहेको तथ्य सार्वजनिक भएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गत बर्ष सुराकी खर्च कटौती गर्ने निर्णय क्याविनेटबाट भएको थियो । २०५० सालदेखि […]