भन्सारमा सुशासनको धज्जी :-अधिकृतद्धयको मनमौजी

दलगत ट्रेड युनियन र यसमा जोडिएका कर्मचारीहरु कतिसम्म जब्बर हुन्छन् उदाहरण खोज्न त्रिपुरेश्वरतिर पुगे हुन्छ ।

बिज्ञापन

त्यहाँ कार्यरत अधिकृतस्तरका दुई कर्मचारीका मनोमानी र बदमासीका कारण बहालरत कर्मचारीहरु आजित छन् । विभागकै कर्मचारीहरुले उनीहरुको ज्यादतीका बिषयमा जानकारी दिए पछि कर्मचारी प्रेसले विभागको नेतृत्व चलाएर बाहिरिएका केही महानिर्देशकहरुलाई उनीहरुको बिषयमा जिज्ञासा राख्दा ती चल्तापूर्ता अधिकृतका कारण आफूहरु आजित र हैरानी खेपेको प्रतिक्रिया दिए ।

बिज्ञापन

गाडी,घोडादेखि कर्मचारी परिचालनसम्मको महत्वपूर्ण जिम्मेवारी पाएका अधिकृत हुन, घनश्याम तिमल्सिना । उनी अहिले सत्तामा रहेको एमाले निकट कर्मचारी संगठनका हर्ताकर्ता हुन । कुनै समय एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका विभागीय अध्यक्ष भइसकेका उनी  भन्सार विभागको स्टोर र प्रशासन शाखा हेर्दै आएका छन् । भन्सारका कर्मचारी सरुवामा उनको चर्को हस्तक्षेप हुने गरेको पीडित कर्मचारीहरु बताउँछन् । विभागमा ३० बढी शाखा अधिकृत छन्,तीमध्येका त्यहाँका हर्ताकर्ता शाखा अधिकृत हुन,उनै तिमल्सिना र मधु खनाल । तिमल्सिना झण्डै ५ बर्षदेखि विभागमा कार्यरत छन् ।

निजामती सेवा ऐनले हरेक दुई बर्षमा कर्मचारीलाई एउटा निकायबाट अर्को निकायमा सरुवा हुनुपर्ने प्रावधान राखेको छ । र, यस्ता प्रावधान निम्सरा कर्मचारीहरुका लागि मात्र हो । पहुँच र पावर नपुगेका कर्मचारीहरु दूरदराजमा थन्किरहेका उनलाई पाँच बर्षदेखि त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यकक्ष छोडेर कतै बाहिर जानु परेको छैन । तिमिल्सिना विभागमा ७६ सालदेखि दोहोरो जिम्मेवारीसहित विभागमा छन् । उनी विभागको कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । यस्का अलवा स्टोर समेत हेर्दै आइरहेका छन् । कर्मचारी संकेत नम्बर १५३७२५ रहेका तिमिल्सिना एमाले निकट कर्मचारी हुन । त्यहाँ बसेर उनले कर्मचारी सरुवामा मोलमोलाई गर्ने गरेको आरोप छ उनीमाथि । यद्यपि यो बिषयमा अधिकृत तिमल्सिनासँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा आफू एमाले निकट कर्मचारी संगठनका नेता भएको,विगत पाँच बर्ष भन्दा बढी समयदेखि भन्सार विभागकै प्रशासन र स्टोर हेर्दै आएको भए पनि सरुवामा भने आफूले हस्तक्षेप गर्ने गरेको बिषय सत्य नभएको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

भन्सार विभागमा पछिल्लो ६ बर्षमा १० जना महानिर्देशकहरु परिवर्तन भइसकेका छन् । तोयम राया,रामेश्वर दंगाल,सुमन दाहाल,यमालाल भुसाल,नारायणप्रसाद सापकोटा,कमल भट्टराई,चक्रबहादुर बूढा,शोभाकान्त पौडेल,ढुण्डी निरौला,हरिशरण पुडासैनी हुँदै त्यहाँ अहिले महेश भट्टराईलाई ल्याइएको छ । यस अघि ७९ सालमा महेश त्यहीका उपमहानिर्देशक थिए । अहिले ६ बर्षमा १० जना हाकिम फेरिसकेका छन्,तिमल्सिनाले । अहिले महेश त्यहाँको प्रमुखको भूमिकामा पुगेका छन् । यस अघि कमल भट्टराई महानिर्देशक हुँदा त्यहाँको उपमहानिर्देशक थिए भट्टराई । कर्मचारी सरुवाकै लफडामा परेर उनी त्यहाँबाट तीन महिना नपुग्दै सरुवामा परेका थिए । उनै महेश अहिले विभागको महानिर्देशको जिम्मेवारीसहित त्यहाँ पुगेका छन् । दुई बर्ष अगाडि भन्सार कार्यालयहरुमा दरबन्दी नै नभएपनि ५० जना कर्मचारीहरुलाई जबर्जस्ती फाजिलमा पठाइएको थियो । सोही समयमा उनी डिडिजी थिए । निजामतीमा राम्रा र सम्भवना बोकेका सहसचिव भट्टराइलाई तीन महिनामै पाखा लगाएर सो काम त्यतिबेला फत्ये गरिएको भन्सारका कर्मचारीहरुले अझैं बिर्सिएका छैनन् ।

उसो त उनीजस्तै अर्को चल्तापूर्ता कर्मचारी छन्,त्यहाँ मधु खनाल । नासु हुँदा भैरहवामा रहेका उनी विरगञ्ज हुँदै ८० सालमा विभागमा आइपुगेका हुन । अहिले उनी त्यहाँका नीति तथा महशुल शाखामा छन् । उनी पनि एमाले निकटकै कर्मचारी हुन । यी दुई अधिकृतको जुगलबन्दीकै कारण विभागको सुशासन कमजोर हुन पुगेको यस अघि विभागको नेतृत्व गरिसकेका केही महानिर्देशकहरु ।

बुटवल घर भएका उनी बुटवलकै एजेन्ट असिम न्यौपानेसँग राम्रो साँठ रहेको कर्मचारीहरु नै बताउँछन् । यस अघि तातोपानी भन्सारमा बसेका उनी अर्थ मन्त्रालय विभागीय कमिटीको उपाध्यक्ष समेत हुन् । एमाले इतरको पार्टी सत्तामा हुँदा समेत कसैले छुन र चलाउन नसकेका यी कर्मचारीहरुलाई अहिले प्रधानमन्त्री,अर्थमन्त्रीदेखि एमाले भएको समयमा उनीहरु झनै मनमौजी ढंगबाट काम गरिरहेका छन् भन्छन् त्यहीँका केही कर्मचारीहरु ।

यी अधिकृतद्धय उपर भन्सारकै कर्मचारीहरुले उठाएको गुनासोको बिषयमा कर्मचारी प्रेसले विभागका निर्देशक /सूचना अधिकारी मुक्ति प्रसाद श्रेष्ठलाई पटक- पटक  टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष