लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि जनपथ प्रहरी समूहका उनीहरुलाई बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव विश्वराज पोखरेलले जानकारी दिए। ढकेन्द्र […]

  डा. दामोदर रेग्मी राज्य र जनताबीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो ।  त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ ।सरकारको भूमिका मूलतः लोक […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै ।िरक्त हुन पुगेको एक सचिव पदका लागि तीन सहसचिवबीच प्रतिष्प्रर्धा चल्दैछ । बढुवा सिफारिस समितिले केवल भण्डारीले राजीनामा दिएसँगै रिक्त हुन पुगेको पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा केही दिन […]

सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरूबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरूबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक […]

विषय प्रवेश संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पंँजी तथा अमूल्य निधी हुन। मानव संसाधन राष्ट्रको विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको प्रभावकारिताबाट मात्र अन्य साधनश्रोतको परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा रहेको छ । मानव श्रोत व्यवस्थापनका अंगहरुमा योजना,प्राप्ति, उपयोग, विकास ,संभार, अवकाश […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत ६ उपसचिवहरूको सरुवा गरेको हो । सरुवाको सूची अनुसार, गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव मोहन निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएका छन । यस्तै संस्कृति पर्यटन तथा नागरिक […]

एभरेष्ट बैंकको ‘ग्लोबल मनी विक २०२४’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत ५ गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२४ आयोजना गरेको हो। एभरेष्ट बैंकले हालसम्म देशभर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमबाट करिब १३ लाखभन्दा […]

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्। उनले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको उल्लेख गरे । ‘अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा […]

गृहसचिव एकनारायण अर्यालले भिजिट भिसामार्फत अनाधिकृत रूपमा विदेश पठाउने गिरोह राजनीतिक संरक्षणमा रहेको बताएका छन् । सचिव अर्यालले बुधबार राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा भिजिट भिसाको गिरोहका संरक्षक राजनीतिज्ञको नाम पनि बताउन सक्ने बताए । “भिजिट भिसामा राजनीतिक व्याक सपोर्ट छ । क–कसको छ त्यो म पछि भनौँला, व्यक्तिगत पनि भनौँला,” अर्यालले […]

सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासमान भ्रष्टाचारमा तानिएका छन् । उनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा चलाइनेमा पासमानसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदीश मण्डल र बृद्धिमान दनुवार, लेखापाल प्रविनकुमार महतो, निर्माण व्यवसायी महालक्ष्मी -पाण्डे एण्ड कम्पनी ड्रागन जेभीका प्रतिनिधि बैजनाथ यादव छन् । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।