Author: कर्मचारी प्रेस
प्रमुख प्रशासकीय अधिकृतको सरुवामा विचौलिया हाबी हुने गरेको प्रति सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले चिन्ता प्रकट गरेका छन् । कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दल तथा विचौलियाहरुको स्वार्थ अनुसार भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पछि व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न […]
६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धयलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । प्रशासनमा बसेर विदेशी नागरिकलाई नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । अदालतले ती अधिकृतहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसरी पुर्पक्षका लागि […]
बढुवा सिफारिस समितिले ७४ जना नायब सुब्बाहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले प्रशासन सेवा कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो । सबैभन्दा प्रशासन सेवाका सामान्य प्रशासन समूहका ५० जना नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरिएको छ । यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहका १४ र नेपाल […]
लाङटाङका तस्वीरहरू कीर्तिपुरमा प्रदर्शन गरिने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको हलमा चैत्र १९ र २० (अप्रिल १ र २) गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म फोटो प्रर्दशनी हुने भएको छ । २०७२ सालमा गएको भूकम्पअघि र पछि लाङटाङमा भएको परिवर्तनलाई झल्काउने तस्वीरहरु रहेको प्राध्यापक डा. नारायणप्रसाद कोजुले बताए ।आफूले लाङटाङ राष्टिय निकुञ्जभित्रको […]
बिरगंज र बाराबाट हुदै आएको कवाडीकाे तस्करी यहाँबाट राेकिएपछि अहिले नवलपरासीको ठुटीबारीबाट हुन थालेको छ। बिरगंजबाट कवाडी लिएर नवलपरासीको ठुटीबारी नाका हुदै भारत तर्फ तस्करी हुदै आएको छ। यो भिडियो पर्साकाे इनर्वा गाउँमा कवाडी लाेड गर्दाको हो । यसअघि पनि पटकपटक यसरी नै बिरगंजबाट कवाडी लाेड गरेर ठुटीबारीबाट भारततर्फ तस्करी हुदै आएको थियो । यसरी […]
तनहुँ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका(१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका(१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती किशोरीलाई ब्यास नगरपालिका(४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय […]
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरुको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए । ‘ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई […]
निजामती कर्मचारी यूनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सबै निजामती कर्मचारीको हितमा ऐन बन्न नसके त्यसलाई स्वीकार्न नसकिने बताएका छन्। नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले बताएका हुन्।यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्ने उनले बताए।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भिर प्रकृतिका […]